फाल्गुन १५ गतेबाट चम्किनेछ यी ३ राशिका भाग्य, बुधदेवको कृपाले बन्नेछन् मालामाल

काठमाडौँ : – ज्योतिष शास्त्र अनुसार ग्रह एक निश्चित अन्तरालमा राशि परिवर्तन गर्छन्। जसको असर मानव जीवन र पृथ्वीमा पर्छ। साथै ग्रहको चालमा आउने बदलाव कसैको लागि सकारात्मक र कसैको लागि नकारात्मक साबित हुन्छ। फाल्गुन १५ गते सोमबार बुध ग्रह कुम्भ राशिमा प्रवेश गर्दैछ। जसको प्रभाव सबै राशिहरुमा पर्छ। तर ३ राशि यस्ता छन्, जसलाई बुध ग्रहको गोचर लाभदायी साबित हुन् सक्छ। आउनुहोस्, जानौँ ती राशिहरु कुन-कुन हुन् त ?

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

बुधको गोचर तपाईको लागि लाभदायी साबित हुन् सक्छ। यो गोचर तपाईको राशिबाट दोस्रो भावमा हुँदैछ, जसलाई धन र वाणीको भाव मानिन्छ। त्यसैले यस समयमा तपाईलाई आकस्मिक धन प्राप्ति हुन् सक्छ। साथै यस समयावधिमा धनका मामिलामा गरिएका फैसला तपाईको हितमा नै हुनेछ। यसका साथै व्यापारी वर्गको लागि यो अवधि निकै हितकारी साबित हुनेछ। यो समयमा तपाईलाई पुरानो लगानीबाट पनि लाभ हुनेछ। तर यस समयमा तपाईले आफ्नो स्वास्थ्यको बारेमा सावधानी अपनाउनुपर्नेछ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

बुधको राशि परिवर्तन तपाईका लागि शुभ फलदायी सिद्ध हुन् सक्छ। यो गोचर तपाईको राशिबाट सप्तम भावमा हुँदैछ, जसलाई वैवाहिक जीवन र साझेदारीको स्थान मानिन्छ। त्यसैले यस समयमा तपाईंको जीवनसाथीसँग राम्रो तालमेल मिल्नेछ। यसका साथै कार्यक्षेत्रको दृष्टिकोणले पनि यो अवधि अत्यन्तै शानदार रहनेछ। आफ्नो जीवनसाथीको नाममा व्यापार गर्नेहरूका लागि यो समय निकै सफल रहनेछ। त्यस्तै यस अवधिमा तपाईहरुले आफ्नो पार्टनरशिपको पनि काम सुरु गर्न सक्नुहुन्छ, जसमा लाभको योग छ।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

वृष राशिका लागि बुधको गोचर करियर र जागिरको दृष्टिले शुभ साबित हुन सक्छ। बुध ग्रह तपाईको कुण्डलीको दशम भावमा विचरण गर्दैछ, त्यसैले यस समयमा तपाईले काम-कारोबारको मामिलामा सफलता हासिल हुन् सक्छ। साथै व्यापारी वर्गको लागि पनि यो अवधि निकै हितकारी साबित हुन् सक्छ। यस अवधिमा तपाईले व्यापारमा राम्रो प्रगति गर्नुहुनेछ।

प्रकाशित : मङ्गलबार, फागुन ०२, २०७९२१:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सोमबारबाट एक महिनासम्म सावधान रहनुपर्नेछ ३ राशिका व्यक्ति, सूर्यदेवले दिनेछन् अनेक कष्ट