काठमाडौंका सवारी ठप्प, आन्दोलनरत मजदुरलाई बार्तामा बोलाईयो

काठमाडौं,  सरकारले आन्दोलनरत मजदुर संगठनका नेतालाई बार्ता र संबादमा बोलाएको छ ।  बालाजु बसपार्क आसपासमा हिजो भएको तोडफोड आगजानीको घटना पछि आज सवारी सेवा ठप्प पारिरकेका आन्दोलनकर्तालाई सरकारले बार्तामा बोलाएको हो ।

यातायात विभागका महानिर्देशक तुल्सी गौतमका अनुसार आन्दोलनरत यातायात मजदुरलाई आज बिहान ८ बजे वार्ताका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बार्तामा बोलाईएको छ ।

मजदुर संघको हडतालका कारण उपत्यकाका सवारी ठप्प भएका छन । अचानक भएको सबारी ठप्पका कारण हजारौं यात्रुहरु अलपत्र परेका छन् ।

प्रकाशित : मङ्गलबार, फागुन ०२, २०७९०८:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अमेरिकी डलर सँग-सँगै युरोको मूल्य पनि बढ्यो !