आज सोमबारको दिन भुलेर पनि गर्नु हुँदैन यस्ता कार्य, भोलेनाथको पर्नेछ क्रोधित दृष्टि !

हिन्दु धर्ममा हरेक दिनको छुट्टै महत्त्व हुने गर्छ। हप्तामा हुने सती दिनमा फरक-फरक भगवानको पूजा गर्ने गरिन्छ। हप्ताको दोस्रो दिन विशेष गरेर भगवान शिवको आराधना गर्ने गरिन्छ। हरेक सोमबार महिलाहरुले भगवान शिवको व्रत पनि राख्ने गर्छन्। धार्मिक मान्यता अनुसार निम्न उल्लेखित कार्यहरु सोमबारको दिन गर्ने हुँदैन।

सोमबारको दिन अरुको धन माथि कहिले पनि आँखा लगाउन हुँदैन। आफूसँग जे छ त्यसमा नै खुसी हुनेलाई मात्र भगवान शिवको अनुग्रह हुने गर्छ। साथै सोमबारको दिन अन्य महिला माथि नराम्रो दृष्टिले हेर्दा पनि अनिष्ट हुने धार्मिक मान्यता रहेको छ।

सोमबारको दिन साधु-सन्तलाई क्रोधित बनाउन हुँदैन। साधु-सन्तलाई भगवान शिवको विशेष अनुग्रह रहने हुँदा सोमबारको दिन साधु-सन्तलाई अपमान गर्न हुँदैन।

सोमबारको दिन गाई र गोरुलाई अपमान गर्न हुँदैन। भगवान शिवको प्यारो नन्दी रहेको हुँदा यसरी गाईलाई अपमान गरेमा आर्थिक समस्याको बढेर जाने गर्छ।

सोमबारको दिन दु:खीहरूको अपमान गर्दा पनि भगवान शिव क्रोधित हुने गर्छन्। यस दिन दु:खीहरूलाई आफूले सकेको दान गर्नु पर्ने हुन्छ । साथै महिलालाई अपमान गर्दा पनि शिव क्रोधित हुन्छन् भन्ने धार्मिक विश्वास गरेको छ।

प्रकाशित : सोमबार, फागुन ०१, २०७९११:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी राशिको हातमा पटक्कै टिक्दैन पैसा, करोडौं कमाएपछि चिप्लिन लाग्दैन समय !