काठमाडौँ : – हरेक दिन ग्रह-नक्षत्रको स्थितिमा हुने परिवर्तनको कारण केही राशिलाई शुभ हुनेछ भने केही राशिलाई अशुभ हुनेछ। जब ग्रह-नक्षत्रको स्थितिमा परिवर्तन आउँछ त्यसको प्रत्यक्ष प्रभाव १२ राशिमा पर्ने गर्दछ। जान्नुहोस् यस साता कुन राशिलाई शुभ हुनेछ भने कुन राशिका व्यक्तिले समस्याको सामना गर्न पर्ने हुन्छ ?
साताको राशिफल : – माघ २९ देखि फागुन ६ गतेसम्म
ज्योतिषाचार्य दामोदरनाथ लोहनी
साताका चाड : – २९ गते रवि सप्तमी । १ गते फाल्गुण सङ्क्रान्ति, अष्टमी व्रत । ४ गते विजया एकादशी व्रत ।
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
साताका सुरुका तीन दिन राम्रा छन् । सोचेभन्दा धेरै काम बन्नेछन् । खर्च नघटे पनि आर्जन राम्रोसँग हुनाले खास समस्या पर्ने छैन । आफन्तको सहयोग पाउनुहुनेछ । मङ्गल र बुधबार भने त्यति राम्रा छैनन् । गणेशको सेवाले बढ्दो खर्चलाई नियन्त्रण गर्न सकिनेछ ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
यस साता मनमा डर लागिरहला । बाधा दिनेहरू प्रशस्त भएकाले सोझो तरिकाले कुनै पनि काम बन्ने छैन । मित्रको सहयोग लिएर मात्रै काम गर्न सकिनेछ । खास गरेर सामान्य व्यवसायभन्दा प्राविधिक खालको कामबाट फाइदा हुनेछ । गणेशको दर्शनले बाधा घट्नेछन्।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
साता त्यति नराम्रो छैन । सुरुमा केही बाधा आए पनि छिटै नै त्यसको निराकरण हुनेछ । व्यावसायिक काममा राम्रो उपलब्धि देखा पर्छ । नयाँ खालका व्यवसायमा समेत लगानी हुने सम्भावना छ । विद्यार्थी वर्गका लागि समय राम्रो देखा पर्छ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
यस साता केही बाधाको सामना गर्नु पर्ला तर हार खाइने समय छैन । स्वास्थ्यका बारेमा भने सतर्क भई नै रहनुहोस् । गोडामा चोटपटक लाग्ने अधिक सम्भावना छ । पीपलमा नित्य जल चढाउन नबिर्सनुहोस् । आर्थिक स्थिति भने मध्यम खालको छ ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
साताको पूर्वाद्र्ध राम्रो खालको छ । उत्तराद्र्धमा केही समस्या आउन सक्छ । खासगरी पेटमा गडबडी हुन सक्ला र त्यसैका लागि केही खर्चसमेत होला । बिहीबार राम्रो छ । नयाँ काम गर्ने भए गरिहाल्नुहोस् । मित्रबाट खास सहयोग भने मिल्न सक्लाजस्तो छैन ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
साताका सुरुमै रमाइला कार्यक्रम पर्न सक्छन् । मित्रसँग भेट भइरहला । तिनीहरूको स्वागत र सत्कारका लागि केही खर्चसमेत गर्नुपर्नेछ । व्यावसायिक खालको कामबाट सामान्य लाभ भइरहला । शिक्षाको क्षेत्रमा प्रगति हुन थाल्नेछ भने हाकिमसमेत तपाईंसँग खुसी हुनेछन्।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
खर्च बढे पनि यस साता निकै काम बन्ने छन् । विशेषगरी भोजभतेरका लागि नै खर्च हुनेछ । पढाइमा सामान्य खालको बाधा आउला । बगलामुखीको सेवाले त्यसलाई हटाउन सकिनेछ । परिवारको स्वास्थ्यले केही खर्च बढाउन पनि सक्छ ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
यस साता सम्मान, प्रतिष्ठा बढ्लाजस्तो छैन । बरु स्वास्थ्यमा गडबडी भएर मानसिक चिन्ता बढाउला । सहयोग दिनेको सङ्ख्या कम छ भने बाधा दिनेहरू प्रशस्त छन् । विदेश यात्रामा पनि अवरोध आउन सक्छ । विवाहसम्बन्धी भने सकारात्मक देखिन्छ ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
साताका सुरुका दुई दिन बढी खर्च हुनेछ । आफ्नै खर्चले भोजभतेर वा उत्सव गर्नुपर्ने बाध्यता पर्ला । मित्रसँग भेटघाट भइरहला । केही गतिलो विचार विमर्शसमेत हुनसक्छ । नयाँ मित्र थपिने सम्भावना छ । स्वास्थ्यको स्थिति भने मध्यम रहला ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
यस साता खर्च त घट्ने छैन तर केही गतिला कामसमेत बन्नाले मनको चिन्ता घट्दै जाला । स्वास्थ्यमा सुधार भएर आउने बेला छ । नातेदारको सहयोग राम्रैसित मिल्ला भने विवाहसम्बन्धी कुरामा सोचेभन्दा बढी प्रगति हुनेछ ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
यस सातालाई राम्रो रूपमा लिन सकिन्छ । बढ्दो खर्चमा नियन्त्रण आउला । व्यावसायिक कामबाट भने सोचेभन्दा कम मात्रै आम्दानी हुनेछ । त्यसैले कुनै नयाँ काममा लगानी गर्नु हाललाई राम्रो देखिन्न । खर्च घट्ने त छैन तर केही मात्रामा नियन्त्रण भने गर्न सकिनेछ ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
यस साताको पछिल्ला दुई दिन मात्र तपाईंका लागि अनुकूल खालका छन् । अनेकौँ कठिनाइसँग जुध्नु पर्ला । खर्च घट्ने बेला छैन । सामान्य आम्दानीले मात्र व्यवहार चलाउनु पर्ला । सूर्यको नित्य दर्शन गरिरहनुहोस्, बाधामा कमी आउला ।