अशुभ घटनाको संकेत गर्छ घरमा दैनिक हुने यी कुराले, बेवास्ता गर्दा महँगो पर्न सक्छ

घरमा हुने घटनाले आगामी दिन हुने शुभ-अशुभ घटनाले सङ्केत गर्दछ। जसका कारण मानव जीवनलाई प्रभावित गर्दछ। परिवारका सदस्य आकस्मिक बिरामी, काम-व्यवसायमा सङ्कट, अनियन्त्रित तनाव र धनको अभाव अशुभ घटनाको सङ्केत हो। तर के थाहा छ यी अशुभ घटनाहरू आउनु अघि नै घरमा केही अनौठो सङ्केत देखिन थाल्छ। यी घटनाले सङ्केत गर्दछ कि त्यस परिवारको लागि खराब दिनहरू हुन सक्छ।

अचानक तुलसीको बिरुवा सुक्नु

हिन्दु धर्ममा तुलसीलाई पवित्र र पूजनीय मानिन्छ। तुलसीलाई विष्णुको रूप मानिन्छ। घरमा तुलसीको बिरुवा हरियो राख्नाले माता लक्ष्मीको विशेष कृपा कायम रहन्छ। तर यदि अचानक तुलसीको बिरुवा सुक्न थाल्यो भने, सम्झनुहोस् खराब समय सुरु हुँदै छ। भनिन्छ जुन घरमा तुलसीको बोट सुक्छ, त्यो घरमा धनको अभाव हुन सक्छ।

बारम्बार गिलास फुट्नु

घरमा सिसाको सामान फुट्नु सामान्य कुरा हो। तर बारम्बार यस्तो भयो भने बुझ्नुपर्छ कि केही खराब हुँदै छ। घरमा भाँचिएको भाँडा वा गिलास बारम्बार फुट्नुले अशुभ घटनाको सङ्केत गर्दछ। यसको मतलब घरमा ठुलो सङ्कट आउन लागेको छ। यो घरका सदस्यमा आउन लागेको फाटोको सङ्केत हो। काँचका टुक्राहरू वा भाँडाकुँडाहरू घरमा कहिल्यै राख्नु हुँदैन।

सुन हराउनु

यदि सुनको गहना हराए र अनेक प्रयास गर्दा पनि फेला परेन भने त्यो निकै अशुभ मानिन्छ, धन हानिको सङ्केत मानिन्छ। सुन हराउनु घरको आर्थिक अवस्था बिग्रिन लागेको सङ्केत हो।

पूजाको दियो निभ्नु

घरको मन्दिरमा आरती गर्दा पूजाको दियो निभ्यो भने सावधान रहनुहोस्! यो धेरै नराम्रो सङ्केत हो। घरमा लगातार यस्तो भइरहने हो भने यो देवी-देवताको अप्रसन्नताको सङ्केत हो। देवी-देवताको अप्रसन्नताले घरमा गरिबीको प्रभाव बढ्छ। यस अप्रिय घटनाबाट छुटकारा पाउन यस सम्बन्धी उपाय अपनाउनु पर्दछ।

प्रकाशित : आइतबार, माघ २९, २०७९१३:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शनिको राशिमा ३ ग्रहको संयोग, यी राशिलाई धन लाभको प्रबल सम्भावना !