आज कति छ डलरको मूल्य ?

काठमाडौं,  नेपाल राष्ट्र बैँकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । शुक्रबार अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३२ पैसा तोकिएको छ ।

यस्तै, आज युरोपियन युरोमा एकको खरिददर १४१ रुपैयाँ ९४ पैसा र बिक्रीमा १४२ रुपैयाँ ४९ पैसा तोकेकाे छ । यता, आज अष्ट्रेलियन डलरको खरिदमूल्य ९१ रुपैयाँ ९७ पैसा र बिक्रीमूल्य ९२ रुपैयाँ ३९ पैसामा कारोबार भइरहेको छ ।

त्यस्तै, साउदी अरेवियन रियालको खरिददर ३४ रुपैयाँ ६० पैसा र बिक्रीदर ३४ रुपैयाँ ७६ पैसा तोकिएको छ । यता, कतारी रियालको खरिदमा ३५ रुपैयाँ १० पैसा र बिक्रीदर भने ३५ रुपैयाँ २६ पैसा र  मलेसियन रिंग्गेट एकको खरिद मूल्य ३० रुपैयाँ ५२ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ ६६ पैसा  छ ।

यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ४७ पैसा र बिक्रीमा १० रुपैयाँ ५२ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ७८ पैसा र बिक्रीमा १६ रुपैयाँ ८६ पैसा, कुवेती दिनार एकको खरिददर ४३१ रुपैयाँ ४ पैसा र बिक्रीदर ४३३ रुपैयाँ र बहराइन दिनार एकको खरिदमा ३४९ रुपैयाँ ४७ पैसा र बिक्रीमा ३५१ रुपैयाँ ६ पैसा नेपाल राष्ट्र बैंकले जनाएकाे छ।

प्रकाशित : शुक्रबार, माघ २७, २०७९११:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ह्वात्तै घट्यो सुनको मूल्य, सुन २९ दिनकै सस्तो !