टर्कीकी ‘मिराकल बेबी’लाई ‘मिराकल ब्वाय’ले चाख मानेर नियाले !

काठमाडौँ – १५ हजारभन्दा बढी व्यक्तिको ज्यान लिने गरी सोमबार टर्कीमा गएको भूकम्पपछिका कारुणिक कथा र तस्बिर संसारभरका करोडौं मानिसले आफ्नै कोठामा बसेर नियालिरहेका छन्।२०७२ सालको महाभूकम्पमा भग्नावशेषबाट २२ घण्टापछि उद्धार गरिएका नेपालका ‘मिराकल ब्वाय’ सोनिस अवाल पनि ‘करोडौं’बाट बाहिर छैनन्। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

‘सोनिसले फेसबुकमार्फत बुबाको मोबाइलमा आइरहने भूकम्पका तस्बिर र भिडियो हेर्ने गरेका छन्,’ सोनिसकी आमा रश्मी अवालले थपिन्, ‘सालनालसहितै उद्धार गरिएकी शिशुको तस्बिर उसले निकै चाख मानेर नियाल्यो ।’ भूकम्पमा घर भत्किएर पुरिएकी ती नवजात शिशुको मंगलबार उद्धार भएको हो।सिरियाको उत्तरी सहर जिन्देरिसमा भत्किएको एउटा घरको भग्नावशेषबाट शिशुको उद्धार गरिएको थियो।

शिशुलाई जन्म दिएलगत्तै उनकी आमाको भूकम्पमा परी मृत्यु भएको अनुमान छ।ती शिशुकी आमासँगै बुबा र चार दाइदिदी पनि भूकम्पमा बितेका छन्।पत्रपत्रिका खासै नपढ्ने रश्मीले फेसबुकमार्फत टर्की भूकम्पका भिडियो र तस्बिर देखेको सुनाइन्।‘टर्की भूकम्पका तस्बिरले मेरोे मन भित्रैबाट हल्लिएको छ,’ सोनिसकी आमा रश्मीले भनिन्, ‘किनकि त्यस्तै घटनाका भुक्तभोगी हामी स्वयं पनि हौं ।’

टर्की भूकम्प धेरैका लागि डर, आश्चर्य र कौतूहलको विषय बने पनि रश्मीका लागि भने ‘खाटा बसिसकेको घाउ उक्काउने’ कारण बन्यो।अर्थात् यो भूकम्प अनि पुरिएको अवस्थाबाट उद्धार गरिएका शिशुको दृश्यले उनलाई पुनः २०७२ वैशाख १२ गतेको त्यो घटनातिरै फर्काइदियो, जतिबेला उनको पाँच महिने छोरा भूकम्पले भत्काएको घरले पुरिएका थिए ।

भक्तपुरस्थित मूलढोकाकी रस्मिला अवाल पाँच महिने सोनिस र १० वर्षीया छोरी सोनियालाई घरमै छाडेर बाहिर निस्केकी थिइन्।अचानक भूकम्प आयो।

रस्मिला आत्तिँदै घरमा पुग्न अघि बढेकी थिइन् तर उनी पुग्नुअघि नै घर भग्नावशेषमा परिणत भइसकेको थियो।उनका दुईसहित जेठानीका दुई सन्तान पनि त्यहीँ पुरिएका थिए।उनले हारगुहार गरिन्।करिब दुई घन्टाको प्रयासपछि छोरी सोनियालाई सुरक्षित निकालियो ।

जेठानीका १७ र १५ वर्षका दुवै छोरी मृत भेटिए।त्यतिबेलासम्म पाँच महिने सोनिसको अत्तोपत्तो थिएन।त्यही क्रममा उद्धारका लागि आएको नेपाली सेनाको टुकडीसँग उनले सहयोगको भिख मागिन्।

प्रकाशित : शुक्रबार, माघ २७, २०७९०८:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सत्ता गठबन्धनमा गहिरिँदै अविश्वास, रास्वपालाई ओलीको साथ !