बृहस्पतिको गोचरले गजलक्ष्मी योग बन्दै, व्यावसायिक क्षेत्रमा मिल्नेछ अप्रत्याशित लाभ

ज्योतिष शास्त्रका अनुसार ग्रहहरूको शुभ प्रभावका कारण धेरै शुभ राजयोगको निर्माण हुने गर्दछ। यसको शुभ प्रभाव धेरै राशिको जीवनमा देखिनेछ। शुभ योग मध्ये गजलक्ष्मी राजयोग पनि एक हो। वास्तवमा २२ अप्रिलमा मेष राशिमा बृहस्पतिको गोचरले गजलक्ष्मी योग बन्दैछ। यस अवधिमा धेरै राशिका मानिसहरुको भाग्य चम्किनेछ। गजलक्ष्मी राजयोग कसरी बन्छ र राशिमा यसको प्रभाव कस्तो हुन्छ जान्नुहोस्-

ज्योतिष शास्त्रका अनुसार मेष राशिमा बृहस्पति ग्रहले राशि परिवर्तन गर्दा धेरै राशिका मानिसहरुको जीवनमा शुभ प्रभाव देखिनेछ। केही यस्ता संयोगका कारण ‘गजलक्ष्मी राजयोग’ बन्ने गर्दछ, जसका कारण केही राशिका मानिसको भाग्यमा शुभ प्रभाव पर्ने गर्दछ। अप्रिल २२ मा बृहस्पति मेष राशिमा प्रवेश गर्नेछ, चन्द्रमा पहिले नै त्यस राशिमा हुनेछन्। बृहस्पतिको यस गोचरबाट ‘गजलक्ष्मी राजयोग’ बन्नेछ। यो राजयोगले केही राशिका मानिसहरुको शुभ फलदायी हुनेछ। जान्नुहोस् कुन-कुन राशि?

धनु राशि 

ज्योतिषशास्त्रका अनुसार मेष राशिमा बनेको ‘गजलक्ष्मी राजयोग’ को प्रभाव पनि धनु राशिका मानिसहरूलाई शुभ हुनेछ। यस अवधिमा नोकरी, व्यापार र अन्य व्यापारमा विशेष सफलता मिल्नेछ। त्यस्तै यस राशिका व्यक्तिको भाग्य परिवर्तनले आम्दानी बढ्नेछ। व्यक्तिको करियरमा प्रगति देखिनेछ। विवाहको सम्भावना बढेको छ। विवाहको प्रस्ताव आउन सक्छ।

मेष राशि

ज्योतिष शास्त्रका अनुसार यस राशिका मानिसका लागि ‘गजलक्ष्मी राजयोग’ सबैभन्दा लाभदायी रहनेछ। किनकि मेष राशिमा नै यो योग बन्न लागेको छ। यस अवधिमा यी मेष राशिका व्यक्तिलाई आर्थिक लाभ मिल्नेछ र हरेक क्षेत्रमा उन्नति र प्रगति हुने देखिन्छ। जागिरमा पदोन्नति मिल्न सक्छ। घरपरिवारमा खुसी रहनेछ। घरपरिवारको मान सम्मानमा वृद्धि हुनेछ। रोकिएका काम पुरा हुनेछन्।

मिथुन राशि 

ज्योतिषशास्त्रका अनुसार यस ‘गजलक्ष्मी राजयोग’ कारण मिथुन राशिका व्यक्तिहरूमा शनिको ढैय्या अन्त्य हुनेछ। मिथुन राशिका मानिसहरुलाई शनिको अशुभ प्रभावबाट मुक्त मिल्नेछ। यस अवधिमा देवगुरु बृहस्पतिको कृपा रहनेछ। धनसम्पत्ति बढ्नुका साथै व्यापार व्यवसायमा आर्थिक लाभ हुने सम्भावना छ। हरेक क्षेत्रमा सफलता मिल्नेछ। अविवाहितलाई विवाहको प्रस्ताव आउन सक्छ।

प्रकाशित : बिहिबार, माघ २६, २०७९१९:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

धनागमन भएपछि अवश्यै गर्नुहोस् यी काम, चारगुणा बढ्नेछ धन-सम्पत्ति