फाल्गुन १५ गतेसम्म मकर राशिमा रहनेछ बुध, ३ राशिमाथि मडारिनेछ सङ्कटको बादल

काठमाडौँ : ज्योतिष शास्त्रमा ग्रहहरुको विशेष महत्व छ। ग्रहहरुका चालमा आउने परिवर्तनले मानव जीवनमा प्रत्यक्ष प्रभाव पार्छ। त्यसैले मानिसहरु आफ्नो जीवनमा कुनै पनि सङ्कट आए भने ज्योतिषीलाई भेटी आफ्नो ग्रहहरुका चाल ठिक छ कि छैन भनेर बुझ्छन्। ग्रहहरुका बारेमा चर्चा गर्दा बुध ग्रह फाल्गुन १५ गतेसम्म(२७ फेब्रुअरी) शनिको राशि मकरमा विराजमान हुनेछ। जसको अशुभ प्रभाव ३ राशिमा पर्न जान्छ।

३ राशिमा बुध ग्रहको प्रभाव : –

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

बुध ग्रह मकर राशिमै हुने कारण यस राशिका जातकले विभिन्न समस्याको सामना गर्नुपर्नेछ। तपाईको मन धेरै विचलित रहनेछ। कुनै पनि काममा मन लाग्नेछैन। रगतसम्बन्धी रोग लाग्ने सम्भावना छ। कुनै कानुनी मामिलामा फस्नुहुनेछ। वरिष्ठ अधिकारीहरूबाट टाढा रहनुहोस्। समग्रमा यो महिना सावधानी अपनाउन जरुरी छ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

कुम्भ राशिका व्यक्तिहरुले आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिन आवश्यक छ। कुनै पनि ठूलो निर्णय लिनु अघि ठूलाबडासँग सरसल्लाह लिनुहोस्। घरका ज्येष्ठ सदस्यको स्वास्थ्य अवस्था बिग्रन सक्छ। कुनै पनि निर्णय लिन हतार नगर्नुहोस्। हड्डीसम्बन्धी रोगले सताउन सक्छ। तपाई गलत सङ्गतमा फस्नुहुनेछ। आफ्नो मनोबल उच्च राख्नुहोस्। तपाईको मानसिक शान्ति भङ्ग हुन् सक्छ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

मीन राशिका व्यक्तिहरुले आफ्नो क्रोधलाई काबूमा राख्नुपर्नेछ। यदि तपाईले आफ्नो रिसलाई नियन्त्रणमा राख्नुभएन भने यो तपाईको लागि नोक्सानदायक साबित हुन् सक्छ। लामो समय अघिदेखि रोकिएका कामले गति लिनेछ। कुनै पनि प्रकारको ठूलो खर्चबाट बच्न आवश्यक छ।

प्रकाशित : बिहिबार, माघ २६, २०७९१५:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

४ राशिका जातकलाई अशुभ छ यो भ्यालेन्टाइन, मन-तन मिल्नुको साटो सम्बन्धमा आउनेछ फाटो