माया खोला हाइड्रोपावरकोे आईपीओ बाँडफाँट, कतिको चम्कियो भाग्य ?

काठमाडौं, माया खोला हाइड्रोपावरकोे आईपीओ बिहीबार बिहान बाँडफाँट भएको छ । यसमा सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत १ लाख ९९ हजार २०० जनालाई १० कित्ताका दरले सेयर हात पारेका छन् ।

उक्त आईपीओमा कुल १४ लाख ३५ हजार ३१३ जना आवेदकले आवेदन दिएकामा १ लाख ५६ हजार हजार ६२५ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी दिएको छ ।

माघ १३ गतेदेखि १७ गतेसम्म ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । यसमध्ये आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि १० लाख कित्ता सेयर र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २ लाख ४० हजार कित्ता सेयर यसअघि नै निष्काशन गरिसकेको छ ।

यसैगरी, कम्पनीले सामूहिक लगानी कोषमा १ लाख २० हजार कित्ता र कर्मचारीहरुका लागि ४८ हजार कित्ता सेयर छुट्याइएको थियो भने बाँकी १९ लाख ९२ हजार कित्ताका लागि सर्वसाधारणलाई बिक्री खुला गरेको हो । सोही सेयर आज बाँडफाँट गरिएको हो ।

प्रकाशित : बिहिबार, माघ २६, २०७९१२:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सुनचाँदीको मूल्य बढ्यो !