राहु-बुधको संयोगले यस राशिलाई २०२३ भरी पार्नेछ प्रभावित, जीवनमा आउनेछन् उतार-चढाव

काठमाडौँ : ज्योतिषशास्त्रमा प्रत्येक राशिको स्वभाव र व्यक्तित्वको बारेमा व्याख्या गरिएको छ। राशिफलमा कुल १२ राशिको बारेमा उल्लेख गरिएको छ। कुनै पनि व्यक्तिको गुण र दोष उसको राशिमा निर्भर गर्दछ। सन् २०२३ मा राहु-बुधको संयोगले मेष राशिका मानिसहरूलाई सबैभन्दा बढी प्रभाव पार्नेछ।

ज्योतिष शास्त्रका अनुसार मेष राशिका व्यक्तिहरूले समाजमा आफ्नो छुट्टै स्थान बनाउनुका साथै कुनै पनि कार्य पूरा गर्न कडा परिश्रम गर्ने गर्नु पर्दछ। मेष राशिको स्वामी ग्रह मंगल हो। राहु-बुधको संयोगले मेष राशिका व्यक्तिको जीवनमा कस्तो परिवर्तन आउँछ जान्नुहोस्-

राहु ३० अक्टोबरसम्म मेष राशिमा रहनेछ। ज्योतिष शास्त्रका अनुसार मेष राशिमा बुध–राहुको संयोगले यस राशिका मानिसलाई नयाँ रोजगारी, उच्च पद, परिवारमा सुख शान्ति र धनको स्थिति प्राप्त हुने देखिन्छ। मेष राशिका व्यक्तिको जीवनमा कस्तो परिवर्तन आउनेछ जान्नुहोस्।

आर्थिक स्थिति – राहुको प्रभावले मेष राशिका व्यक्तिहरूको आर्थिक स्थिति सुदृढ हुनेछ। आकस्मिक आर्थिक लाभ हुन सक्छ। लामो समयदेखि रोकिएको पैसा फिर्ता हुने सम्भावना छ। सेयर बजारबाट लाभ मिल्नेछ।

स्वास्थ्य – मेष राशिका मानिसहरुमा राहुको अशुभ प्रभाव देखिनेछ। यस समयमा तपाईको स्वास्थ्य कुनै न कुनै कारणले अस्वस्थ रहन सक्छ। आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुहोला।

पारिवारिक जीवन – मेष राशिमा राहुको स्थितिका कारण पारिवारिक जीवन उतार-चढावले भरिनेछ। यस समयमा घरेलु कलहको सङ्केत देखिन्छ। साना कुराले तनाव बढ्न सक्छ। क्रोधलाई नियन्त्रण गरी धैर्यताका साथ काम गर्नुहोस्।

करियर – मेष राशिका व्यक्तिहरुको लागि राहु गोचर शुभ रहनेछ। प्रतियोगी परीक्षाको तयारी गर्नेहरूले राम्रो समाचार पाउन सक्छन्। व्यापारीलाई फाइदा हुनेछ। नयाँ व्यापार सुरु गर्ने सोचमा हुनुहुन्छ भने यो समय अनुकूल रहनेछ। सेप्टेम्बर देखि अक्टोबर सम्मको समय मेष राशिको लागि धेरै लाभदायक रहनेछ।

राहुको प्रभाव सन् २०२३ कहिले हुन्छ?

सन् २०२३ मा राहु अक्टोबर ३० सम्म मेष राशिमा रहनेछ। अक्टोबर ३० तारिख दिउँसो राहु मीन राशिमा प्रवेश गर्नेछ।

प्रकाशित : बिहिबार, माघ २६, २०७९११:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

३० वर्षपछि महाशिवरात्रिको दिन दुर्लभ संयोग बन्दै, सबै समस्याबाट छुटकारा पाउनेछन् यी ३ राशिले