चैत्र शुक्ल नवमी तिथिमा राम नवमी पर्व मनाइन्छ। यस दिन राजा दशरथ र माता कौशल्याको घरमा भगवान रामको जन्म भएको थियो । भगवान रामको जन्म चैत्र नवमीको दिन दिउँसो अभिजित मुहूर्तमा भएको थियो। यस वर्ष, राम नवमी पर्व ३० मार्च बिहीबार परेको छ। त्यस्तै चैत्र नवरात्रि शुक्ल पक्षको प्रतिपदा तिथि अर्थात् २२ मार्च देखि सुरु भएर ३० मार्चमा समाप्त हुनेछ। यस वर्ष राम नवमीमा धेरै शुभ योगहरूको अद्भुत संयोजन बनिरहेको छ।
धार्मिक मान्यता अनुसार अनुसार चैत्र महिनाको शुक्ल पक्षको नवमी तिथि २९ मार्च राति ०९:०७ बजेबाट सुरु भएर ३० मार्च राति ११:३० बजे समाप्त हुनेछ। यस अवधिमा राम नवमीको पूजाको मध्याह्न मुहूर्त बिहान ११:१७ बजेदेखि दिउँसो १:४६ बजे अर्थात् २ घण्टा २८ मिनेटसम्म हुनेछ।
यस पटक ३० मार्च राम नवमीको दिन ३ वटा अत्यन्तै शुभ संयोग भइरहेका छन्। राम नवमीका दिन सर्वार्थ सिद्धि योग, अमृत सिद्धि योग र गुरु पुष्य योग बन्नेछ। यी शुभ योगहरूमा गरिने पूजा र उपायले धेरै शुभ फल दिन्छ।
राम नवमीको दिन गर्नुहोस् यस्ता उपाय
घरमा वास्तुदोष भएमा राम नवमीको दिन एक भाडामा गंगाजल लिएर भगवान श्रीरामको रक्षा मन्त्र ‘ॐ श्री ह्वीन क्लीं रामचन्द्राय श्री नमः’ को कम्तीमा १०८ पटक जप गर्नुहोस्। त्यसपछि यो पानी पुरै घरमा छर्क्नुहोस्। यस उपायबाट सबै प्रकारका दोषहरू हट्ने मान्यता रहेको छ।
धन प्राप्तिको लागि राम नवमीको दिन रामाष्टकको पाठ गर्नुहोस्। साथै भगवान श्रीरामको विधिपूर्वक पूजा गरेपछि चन्दनको तिलक लगाउनुहोस् र राम स्तुति पढ्नुहोस्। यस उपायले काममा सफलता मिल्ने मान्यता रहेको छ।
भगवान रामको पूजामा तुलसीको दल चढाउनुपर्छ। यस उपाय गर्नाले भगवान रामको आशीर्वादको वर्षा हुन्छ र जीवनमा सुख-समृद्धि बढ्छ राम नवमीको दिन राम चरितमानस, सुन्दरकाण्डको पाठ गर्नुहोस्। यसो गर्दा सबै काम बन्न थाल्छ। जसले गर्दा व्यक्तिको सौभाग्य बढ्छ।