सिद्धार्थ–कियाराको भयो विवाह, सार्वजनिक भयो विवाहमा अहिलेसम्म नदेखिएको तस्बिर!

एजेन्सी- सिद्धार्थ–कियाराले हिजो विवाह गरेका हुन्। अहिले अभिनेत्री कियाराले विवाहको केही घण्टापछि आफैले आफ्नो सामाजिक सञ्जालमा विवाहको तस्बिर सेयर गरेकी छिन्।

भ्यालेन्टाइन सप्ताहको पहिलो दिन ‘सिद्धार्थ मल्होत्रा–कियारा आडवाणी’का लागि जीवनको सबैभन्दा विशेष दिन बनेको छ। कियारा आडवाणीले विवाहको केही घण्टापछि आफ्नो सामाजिक सञ्जालमा विवाहको विशेष तस्बिर शेयर गरेकी छिन्। नव विवाहित जोडीलाई फ्यान र सेलिब्रेटीहरुले लगातार बधाई दिइरहेका छन्।

दुवैको भव्य विवाहमा बलिउड सेलिब्रेटी  देखि टलिउड स्टार, राजनीतिज्ञ र क्रिकेटर पनि सहभागी भएका थिए। करण जौहर शाहिद कपूर, मीरा राजपूत, जुही चावला, सोनाक्षी सिन्हा, फिल्म निर्माता आरती शेट्टी, पूजा शेट्टी, मलाइका अरोरा, फिल्म निर्देशक शकुन बत्रा बाहेक कियाराको बाल्यकालको साथी तथा मुकेश अम्बानीकी छोरी ईशा अम्बानी पति आनन्द पिरामलसँग बलिउडमा सामेल भए ।

‘सिद्धार्थ-कियाराको विवाह’ धेरै सेलिब्रेटीहरूको बिचमा भयो। सामाजिक सञ्जालमा कियारा आडवाणी-सिद्धार्थ मल्होत्राको तस्बिरमा फ्यानहरूले पनि  शुभकामना दिइरहेका छन्।


कियारा-सिद्धार्थको विवाह अहिले सम्पन्न भएको छ। अहिले मानिसहरु सिद्धार्थ र कियाराको विवाहको तस्बिरको उत्सुकताका साथ पर्खिरहेका थिए, जुन पर्खाइ अहिले सकिएको छ। अहिले सामाजिक सञ्जालमा सर्वत्र सिद्धार्थ–कियाराको विवाहको चर्चा भइरहेको छ।

प्रकाशित : बुधबार, माघ २५, २०७९१२:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मनिषा काेइराला देख्दा अझै झर्छन् नाना पाटेकरका आँशु, मुस्किलले रोक्छन् !