पठानले बनायो अर्को रेकर्ड !

मुम्बई, बलिउडका बादशाह शाहरुख खान अभिनित पठानले अहिलेसम्म ८३२ करोडको ब्यापार गरेको छ ।  सो फिल्ममा शाहरुख खानसँगै दिपिका पादुकोण, जोन अब्राहम लगायतको अभिनय छ ।

गत जनवरी २५ मा रिलिज भएको पठानले हिन्दी सिनेमाको इतिहासमा सबैभन्दा कम समयमा उक्त रकम संकलन गरेको रेकर्डसमेत कायम गरेको यशराज फिल्मसले जनाएको छ ।

पछिल्ला फिल्महरु असफल भएपछि ४ बर्ष पछि “कमब्याक” भएका शाहरुखले पठानमार्फत पुन: बलिउडको बादशाहको छबिलाई थप उचाईमा लगेको बलिउडका फिल्म बिश्लेषकहरुले तर्क गर्न थालेका छन । बलिउडका चलचित्र समिक्षक तरुण आदर्शले उक्त फिल्मलाई ४.५ स्टार दिएका छन् ।

प्रकाशित : मङ्गलबार, माघ २४, २०७९१७:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

राखी सावन्तको पति पक्राउ, राखीलाई चाहियो डिभोर्स !