माता लक्ष्मीले जिन्दगीभर साथ दिन्नन् यस्ता मानिसलाई, एक पल मै करोडबाट पुग्छन् रोडमा

आचार्य चाणक्य एक राजनीतिज्ञ, नीतिशास्त्री र कूटनीतिज्ञ थिए। आफ्नो नीतिबाट उनले मानिसलाई सरल र सुखी जीवन बिताउन सल्लाह दिएका छन्। चाणक्यले आफ्नो नीति शास्त्रमा पैसा बचत गर्ने र पैसा कमाउने सम्बन्धी धेरै कुराहरू उल्लेख गरेका छन्। चाणक्यले नीति शास्त्रमा ती कुराहरू उल्लेख गरेका छन्, जसलाई पालना गर्नाले धनी व्यक्ति पनि केही दिनमा गरिब हुन्छ।

धनलाई गलत ठाउँमा उपयोग गर्नु 

आचार्य चाणक्यका अनुसार कतिपयले धनलाई परिवारको पालनपोषणका साथै अरूको कल्याण र परोपकार आदिका लागि प्रयोग गर्छन्। जसले गर्दा पैसा बचाउन सकिन्छ, साथै केही पुण्यको काम गर्न सकिन्छ र केही धन भविष्यको लागि सुरक्षित गर्न गर्दछन्। तर कयौं पटक मानिसले पैसा गलत ठाउँमा प्रयोग गर्छ। उदाहरणका लागि, जुवा, तास, मदिरा आदिमा पैसा लगानी गर्नु गलत मानिन्छ। यी कुरामा धनको प्रयोगले मानिस क्रमशः गरिब बन्दछ।

गलत तरिकाले धन कमाउनु

चाणक्य भन्छन्, इमानदारिता र परिश्रमले धन कमाउने व्यक्तिमा माता लक्ष्मीको आशीर्वाद हुन्छ। साथै गलत नियतले पैसा कमाउने मानिसहरूसँग माता लक्ष्मी धेरै दिन बस्दिनन्।  जुवा, मादक पदार्थ, कसैलाई दु:ख दिने मनसायले गरेको काममा पैसा खर्च गर्दा माता लक्ष्मी चाँडै रिसाउनुहुन्छ र व्यक्तिबाट सधैँको लागि टाढा हुन्छिन्। यस्तो अवस्थामा व्यक्तिले गरिबीको सामना गर्नुपर्ने हुन्छ।

अनावश्यक खर्च

कतिपय मानिस स्वभावैले धेरै खर्चालु हुन्छन्। जति पैसा कमाए पनि अनावश्यक खर्च गरेर आफ्नो शौक पूरा गर्न खर्च गर्छन्। उनीहरुसँग बचतको नाममा केही हुँदैन। यस्तो व्यक्ति भविष्यमा धेरै चिन्तित रहन्छ। यी व्यक्तिहरूसँग माता लक्ष्मी धेरै दिन बस्दैनन्। यी मानिसहरू अरुको पैसामा निर्भर हुन्छन्।

प्रकाशित : मङ्गलबार, माघ २४, २०७९१०:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आजबाट बुधको स्थितिमा परिवर्तन आउँदै, अब २० दिन यी राशि हुनेछन् मालामाल !