भगवान शिवको पूजामा गर्नुहोस् यस्तो एक चीजको अर्पण, हुनेछ चमत्कार !

शिवपुराणमा बेलपत्रको बारेमा धेरै नियमहरू दिइएको छ। भगवान शिवको पूजामा बेलपत्रको विशेष महत्त्व रहेको छ। बेलपत्र बिना भगवान शिवको पूजा अधुरो हुने धार्मिक मान्यता रहेको छ। अक्सर मानिसहरु तीनवटा पात मात्रै बेलपत्र चढाउने गरेको देखिन्छ। तर के थाहा छ पाँच पात भएको बेलपत्र निकै दुर्लभ हुन्छ। शिव पूजामा यसको विशेष स्थान छ। यस्तो बेलपत्र सजिलै पाइँदैन तर पनि ५ पातको बेलपत्र चढाएमा भगवान शिव तुरुन्तै छिट्टै प्रसन्न हुन्छन्।

ज्योतिषशास्त्रका अनुसार ५ वटा पात भएको बेलपत्र प्राप्त गर्नु उत्तम मानिन्छ। पाँच पात भएको बेलपत्र भनेको पाँच मुख्य देवता ब्रह्मा, विष्णु, महेश, गणेश र माता भगवती हो। पाँच पात भएको बेलपत्र चढाएमा भगवान शिव छिट्टै प्रसन्न भएर भक्तजनको सबै मनोकामना पूरा गर्ने मान्यता रहेको छ। जान्नुहोस् बेलपत्रका केही उपायहरूबारे जान्नुहोस्।

इच्छा पूर्तिको लागि

सोमबार बिहान स्नान गरी बेलपत्रका ५ वटा पातसहित शिवलिंगमा दूध र मह चढाउनुहोस्। यो उपाय गर्नाले सबै मनोकामना पूरा हुनेछन्। आफ्नो मनोकामना यो उपाय कम्तीमा ११ सोमबार गर्नुपर्दछ। यस्ता उपायको प्रयोग गर्दा सबै मनोकामना छिट्टै पूरा हुनेछन्।

विवाहमा ढिलाइ भएको छ भने

यदि कुनै व्यक्तिको विवाहमा ढिलाइ भइरहेको छ वा कुनै कारणले कार्य पूरा हुन नसकेमा पाँचवटा सोमबार शिव मन्दिरमा शिवलिंगमा जलाभिषेक गर्नुहोस्। १०८ बेलपत्र पनि चढाउनुहोस्। यस अवधिमा ॐ नमः शिवाय मन्त्रको जप गरिरहनुहोस्। यस उपाय गर्नाले वैवाहिक जीवनमा समस्या समस्या चाँडै हल हुनेछ। यति मात्र होइन, सोमबार भगवान शिवसँगै पार्वतीको पूजा गर्नाले पनि लाभ मिल्छ।

स्वास्थ्य समस्याहरूको लागि

यदि स्वास्थ्य सम्बन्धी समस्याले हैरान हुनुहुन्छ भने १०८ बेलपत्रलाई चन्दनमा भिजाएर शिवलिंगमा चढाउनुहोस् ॐ नमः शिवाय मन्त्र, साथै सुस्वास्थ्यको लागि भगवान शिवको प्रार्थना गर्नुहोस्। यसले चाँडै स्वास्थ्यमा सुधार आउनेछ।

धन प्राप्तिको लागि 

यदि आर्थिक समस्याबाट हैरान हुनुहुन्छ भने सोमबार शिवलिंगमा बेलपत्रको ५ वटा पात चढाउनुहोस् र ती पातहरू आफ्नो पर्समा वा पैसा राखिएको ठाउँमा राख्नुहोस्। यसो गर्नाले तपाईको घरमा पैसाको कमी कहिल्यै हुनेछैन। बेलपत्रको उपायले पाप र गरिबीबाट मुक्ति पाउन सकिन्छ।

प्रकाशित : सोमबार, माघ २३, २०७९१७:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

महाशिवरात्रिबाट सुरु हुँदैछ यी राशिका सुनौला दिन, एक महिनासम्म मिल्नेछ प्रशस्तै लाभ