रास्वपा नेता कार्की भन्छन् – सरकारमा जानु गलत थियो

काठमाडौं,  राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले पार्टी सरकारमा जानु गलत भएको बताएका छन् । रास्वपाको बैठकपछि प्रतिक्रिया दिँदै कार्कीले पार्टी सरकारमा जानु गलत भएको र अब कोर्स करेक्सन गर्ने बेला आएको बताए ।

पार्टीले सरकारलाई कायम राखेको समर्थन पनि फिर्ता लिनुपर्ने उनको भनाइ छ । रास्वपाले आजै सरकारबाट बाहिरिने घोषणा गरिसकेको छ । पार्टीबाट सरकारमा सहभागी मन्त्रीले राजीनामा दिने तयारी गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रास्वपालाई गृहमन्त्री त्यागेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको प्रस्ताव गरेकोमा लामिछानलेले उक्त प्रस्ताव अस्वीकार गर्दै सरकारबाट बाहिरिने निर्णय गरेका हुन् ।

प्रकाशित : आइतबार, माघ २२, २०७९१८:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आजवाट सिंहदरबारमा २४ घन्टा नै मेलम्चीको पानी !