आज माघ शुक्ल पूर्णिमाको दिन यी ४ राशिमा रहनेछ माता लक्ष्मीको कृपा दृष्टि, हुने चौतर्फी लाभ !

काठमाडौँ : यो वर्ष माघ २२ गते आइतबार माघ शुक्लपक्षको पूर्णिमा रहेको छ। हिन्दु धर्ममा माघ पूर्णिमाको ठूलो महत्व छ। माघ पूर्णिमाका दिन देवी लक्ष्मी र भगवान विष्णुको पूजा आराधना गरिन्छ। माघ पूर्णिमाको दिन ग्रहहरुको विशेष संयोग बनिरहेको छ। ज्योतिष गणना अनुसार माघ पूर्णिमाको पावन दिनमा केही राशिमा माता लक्ष्मीको विशेष कृपावृष्टि हुनेछ। यी राशिहरुका लागि माघ २२ गते को दिन वरदान समान साबित हुनेछ। कुन-कुन राशिका लागि माघ पूर्णिमाको दिन शुभ रहनेछ त ?

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

वृष राशिका मानिसहरुमा माता लक्ष्मीको विशेष कृपा रहनेछ। आर्थिक पक्ष बलियो रहनेछ। खर्चमा कमी आउनेछ। लेनदेनका लागि यो वर्ष निकै शुभ रहनेछ। लगानी गर्दा फाइदा हुनेछ। यो वर्ष नयाँ कामको थालनी गर्न सकिनेछ। यो वर्ष नयाँ कामको थालनी गर्न सकिनेछ। नोकरी र व्यापारको लागि सन् २०२२ कुनै वरदान भन्दा कम हुने छैन्।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

मिथुन राशिका लागि माघ पूर्णिमाको दिन निकै शुभ रहनेछ। आर्थिक समस्याबाट मुक्ति मिल्नेछ। आगामी वर्षमा नयाँ घर वा घर खरिद गर्न सकिनेछ। लेनदेनका लागि समय शुभ रहेको छ। आर्थिक स्थिति धेरै राम्रो हुनेछ। माता लक्ष्मीको कृपाले सबै बिग्रिएका कामहरु बन्नेछन्।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

सिंह राशिका लागि आर्थिक दृष्टिले माघ पूर्णिमाको दिन निकै शुभ रहनेछ। नयाँ घर वा सवारी साधन खरिद गर्न सकिनेछ। व्यापारका लागि यो समय निकै शुभ रहेको छ। धन- लाभ हुनेछ। माता लक्ष्मीको विशेष आशीर्वाद प्राप्त हुनेछ। सिंह राशिका व्यक्तिहरूले माघ पूर्णिमाबाट केही नयाँ कामको थालनी गर्न सक्छन्।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

माघ पूर्णिमादेखि कन्या राशिका व्यक्तिहरुको आर्थिक पक्ष सुदृढ बन्नेछ। लगानी गर्दा फाइदा हुनेछ। माता लक्ष्मीको कृपाले धन-लाभ हुनेछ, जस कारण आर्थिक पक्ष मजबूत हुनेछ। व्यापारी वर्गको लागि यो समय कुनै वरदान भन्दा कम हुनेछैन्। कन्या राशिका लागि माघ पूर्णिमाको दिन शुभ मानिन्छ।

प्रकाशित : आइतबार, माघ २२, २०७९११:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

उल्टो चाल चल्दै केतु ग्रह, ३ राशिलाई हुनेछ लाभै-लाभ !