माघ २७ गतेसम्म खासै राम्रो छैन यी ४ राशिलाई, अनावश्यक चिन्ताका साथै हुनेछ आर्थिक हानि

काठमाडौँ : – हरेक दिन ग्रह-नक्षत्रको स्थितिमा हुने परिवर्तनको कारण केही राशिलाई शुभ हुनेछ भने केही राशिलाई अशुभ हुनेछ। जब ग्रह-नक्षत्रको स्थितिमा परिवर्तन आउँछ त्यसको प्रत्यक्ष प्रभाव १२ राशिमा पर्ने गर्दछ। जान्नुहोस् यस साता कुन राशिलाई शुभ हुनेछ भने कुन राशिका व्यक्तिले समस्याको सामना गर्न पर्ने हुन्छ ?

साताको राशिफल : – माघ २१ गतेदेखि २७ गतेसम्म

ज्योतिषाचार्य दामोदरनाथ लोहनी

साताका चाड : – २१ गते पशुपतिनाथको छाया दर्शन । २२ गते पूर्णिमा व्रत, माघ स्नान समाप्ति, (सिंपुन्हि), स्वस्थानी व्रतको समाप्ति ।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

साताका सुरुको दिन स्वास्थ्यका लागि त्यति राम्रो छैन । सोमबारदेखि मात्रै सुधार आउनेछ । पढाइतिर विशेष ध्यान जानेछ भने व्यावसायिक काममा लगनशीलता बढ्नेछ । माया गर्ने र मद्दत गर्नेहरूको सङ्ख्या बढ्दै छ । खर्च नघटे पनि खास ठूलो आर्थिक समस्या पर्ने छैन ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

यस साता पारिवारिक झन्झट खडा हुन लागेको छ । मित्रहरू भए पनि खास ठूलो मद्दत पाउनुहुने छैन । स्वार्थीखाले साथी धेरै छन् । भगवतीको पूर्ण आराधना नगरीकन तिनीहरूसँग सामना गर्न सकिने छैन । जागिरको क्षेत्रमा भने राम्रो वातावरण सिर्जना हुन लागेको छ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

साताका बुधबारसम्म राम्रा छन् । गरेका काम बन्नुका साथै केही नयाँ कामसमेत हातमा पर्न सक्छ । व्यावसायिक कामबाट मनग्गै फाइदा लिन सक्नुहुनेछ । व्यापारका लागि समय राम्रो खालको छ । पारिवारिक झन्झट भने समाप्त हुन अझैँ समय लाग्नेछ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

सातालाई राम्रै रूपमा लिन सकिन्छ । सुरुकै दिनमा भोजभतेर प्रशस्त पर्नेछन् । मित्रसँग भेटघाट होला तर खास उपलब्धि भने हुने छैन । व्यापार, व्यवसायमा सानोतिनो विवाद भई नै रहला । गोडामा कष्ट हुनसक्छ । नित्य पीपलमा जल हाल्न सुरु गर्नुहोस्।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

पारिवारिक स्वास्थ्यले पिरलो गराइरहला र त्यसैका लागि खर्च गरिरहनुपर्नेछ । साताका सुरुका दुई दिन बढी खर्च गराउने खालका छन् । आफ्नै खर्चले मित्रको स्वागतसमेत गर्नुपर्ने बाध्यता पर्ला । विवाह वा प्रेमसम्बन्धी कुरामा बाधा आउन सक्छ ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

मध्यम खालको साता छ । जागिरतिर राम्रो वातावरण होला तर बाधा दिने तत्व पनि छन्। सतर्क हुनुहोस्। भगवतीको आराधनाले मात्र तिनीहरूलाई हटाउन सकिनेछ। व्यापारबाट ठूलो फाइदा हुने छैन। केही नयाँ काम भने हातमा पर्न सक्छ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

साताका अधिकांश दिन राम्रा खालका छन्। केही नयाँ मित्र थपिनुका साथै तिनीहरूबाट केही मद्दत पाउनुहुनेछ। बौद्धिक स्थिति भने अझैँ पनि सप्रिएको छैन। त्यसैले मुखबाट वाणी निकाल्दा सतर्क हुनुहोस्। पढाइ सपार्नको निमित्त सरस्वतीको आराधना गरिरहनुहोस्।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

साता राम्रो खालको छ। पुराना बाँकी रहेका काम बन्नेछन्। पढाइमा बढी ध्यान जान थाल्ला। गरेको काम भने विलम्ब भएर मात्रै बन्नेछ। शनिको आराधना गरिरहनु आवश्यक छ। मित्रबाट मध्यम सहयोग मात्रै मिल्ला। प्राविधिक खाले काममा विशेष सफलता छ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

सातालाई त्यति राम्रो भन्न सकिँदैन। बेकारको चिन्ता पर्नुका साथै आर्थिक हानिसमेत हुन सक्छ। घरजग्गाको मामिलामा सतर्क हुनुहोस्, बाधा दिने तत्व धेरै छन्। सुरुको दिनमा ठूलो रकमको लेनदेन नगर्नुहोस्, हानिकारक हुनसक्छ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

मनमा डर लागिरहला । विशेष गरेर आर्थिक समस्याले पिरोल्नेछ । जागिरकै विषयमा पनि बन्नुपर्ने काममा अल्झो आउला । मद्दत गर्नेहरू थोरै छन् भने रिस गर्नेको सङ्ख्या अधिक छ । प्राविधिकखाले काममा केही लाभ लिन सक्नुहुनेछ ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

यस साता खर्च बढी नै रहला । विरोधीहरू बढी रहेका छन् । नित्य शनिको स्तोत्र पाठ गर्न थाल्नुहोस् । पीपलमा जल पनि हाली नै रहनुहोस् । स्वास्थ्यको स्थिति मध्यम मात्र रहला । परिवारको स्वास्थ्यले समेत पिरलो पार्नेछ । व्यापारको काममा भने हाल त्यति हानिको समय छैन ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

यो सातालाई राम्रो रूपमा लिन सकिन्छ। पुराना बाँकी रहेका धेरै काम बन्नेछन्। मित्र असल खालका छन् भने मद्दत नै दिनेछन्। शिक्षाको क्षेत्रमा आएको विलम्ब हट्न जाला भने नयाँ खालको रचना गर्ने जमर्को बढ्ला। जागिरमा मध्यम स्थिति छ।

प्रकाशित : शनिबार, माघ २१, २०७९१०:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि माघ २२ गतेको राशिफल : पूर्णिमाको दिन यी राशिलाई खासै शुभ छैन, यी राशिले पाउनेछन् शुभ समाचार