माघ २७ गते सम्म कुन राशिलाई शुभ, कुनलाई अशुभ ? हेर्नुहोस् साप्ताहिक राशिफल !

मेष (चु चे चो ला लि लु ले लो अ)

साताका सुरुको दिन स्वास्थ्यका लागि त्यति राम्रो छैन । सोमबारदेखि मात्रै सुधार आउनेछ । पढाइतिर विशेष ध्यान जानेछ भने व्यावसायिक काममा लगनशीलता बढ्नेछ । माया गर्ने र मद्दत गर्नेहरूको सङ्ख्या बढ्दै छ । खर्च नघटे पनि खास ठूलो आर्थिक समस्या पर्ने छैन ।

वृष (इ उ ए ओ वा वी वु वे वो)

यस साता पारिवारिक झन्झट खडा हुन लागेको छ । मित्रहरू भए पनि खास ठूलो मद्दत पाउनुहुने छैन । स्वार्थीखाले साथी धेरै छन् । भगवतीको पूर्ण आराधना नगरीकन तिनीहरूसँग सामना गर्न सकिने छैन । जागिरको क्षेत्रमा भने राम्रो वातावरण सिर्जना हुन लागेको छ ।

मिथुन (का कि कु घ ङ छ के को हा)

साताका बुधबारसम्म राम्रा छन् । गरेका काम बन्नुका साथै केही नयाँ कामसमेत हातमा पर्न सक्छ । व्यावसायिक कामबाट मनग्गै फाइदा लिन सक्नुहुनेछ । व्यापारका लागि समय राम्रो खालको छ । पारिवारिक झन्झट भने समाप्त हुन अझै समय लाग्नेछ ।

कर्कट (ही हु हे हो डा डि डु डे डो)

सातालाई राम्रै रूपमा लिन सकिन्छ । सुरुकै दिनमा भोजभतेर प्रशस्त पर्नेछन् । मित्रसँग भेटघाट होला तर खास उपलब्धि भने हुने छैन । व्यापार, व्यवसायमा सानोतिनो विवाद भई नै रहला । गोडामा कष्ट हुनसक्छ । नित्य पीपलमा जल हाल्न सुरु गर्नुहोस् ।

सिंह (मा मि मु मे मो टा टी टू टे)

पारिवारिक स्वास्थ्यले पिरलो गराइरहला र त्यसैका लागि खर्च गरिरहनुपर्नेछ । साताका सुरुका दुई दिन बढी खर्च गराउने खालका छन् । आफ्नै खर्चले मित्रको स्वागतसमेत गर्नुपर्ने बाध्यता पर्ला । विवाह वा प्रेमसम्बन्धी कुरामा बाधा आउन सक्छ ।

कन्या (टो पा पी पू ष ण ठ पे पो)

मध्यम खालको साता छ । जागिरतिर राम्रो वातावरण होला तर बाधा दिने तìव पनि छन् । सतर्क हुनुहोस् । भगवतीको आराधनाले मात्र तिनीहरूलाई हटाउन सकिनेछ । व्यापारबाट ठूलो फाइदा हुने छैन । केही नयाँ काम भने हातमा पर्न सक्छ ।

तुला (र  रि रु रे रो ता ति तु ते)

साताका अधिकांश दिन राम्रा खालका छन् । केही नयाँ मित्र थपिनुका साथै तिनीहरूबाट केही मद्दत पाउनुहुनेछ । बौद्धिक स्थिति भने अझै पनि सप्रिएको छैन । त्यसैले मुखबाट वाणी निकाल्दा सतर्क हुनुहोस् । पढाइ सपार्नको निमित्त सरस्वतीको आराधना गरिरहनुहोस् ।

वृश्चिक (तो ना नि नू ने नो या यि यू)

साता राम्रो खालको छ । पुराना बाँकी रहेका काम बन्नेछन् । पढाइमा बढी ध्यान जान थाल्ला । गरेको काम भने विलम्ब भएर मात्रै बन्नेछ । शनिको आराधना गरिरहनु आवश्यक छ । मित्रबाट मध्यम सहयोग मात्रै मिल्ला । प्राविधिक खाले काममा विशेष सफलता छ ।

धनु (ये यो भा भी भू ध फा ढा भे)

सातालाई त्यति राम्रो भन्न सकिँदैन । बेकारको चिन्ता पर्नुका साथै आर्थिक हानिसमेत हुन सक्छ । घरजग्गाको मामिलामा सतर्क हुनुहोस्, बाधा दिने तìव धेरै छन् । सुरुको दिनमा ठूलो रकमको लेनदेन नगर्नुहोस्, हानिकारक हुनसक्छ ।

मकर (भो जा जी जू जे जो ख खी खू खे खो गा गी)

मनमा डर लागिरहला । विशेष गरेर आर्थिक समस्याले पिरोल्नेछ । जागिरकै विषयमा पनि बन्नुपर्ने काममा अल् ́ो आउला । मद्दत गर्नेहरू थोरै छन् भने रिस गर्नेको सङ्ख्या अधिक छ । प्राविधिकखाले काममा केही लाभ लिन सक्नुहुनेछ ।

कुम्भ (गू गे गो सा सी सु से सो दा)

यस साता खर्च बढी नै रहला । विरोधीहरू बढी रहेका छन् । नित्य शनिको स्तोत्र पाठ गर्न थाल्नुहोस् । पीपलमा जल पनि हाली नै रहनुहोस् । स्वास्थ्यको स्थिति मध्यम मात्र रहला । परिवारको स्वास्थ्यले समेत पिरलो पार्नेछ । व्यापारको काममा भने हाल त्यति हानिको समय छैन ।

मीन (दी दू थ झ दे दो चा ची)

यो सातालाई राम्रो रूपमा लिन सकिन्छ । पुराना बाँकी रहेका धेरै काम बन्नेछन् । मित्र असल खालका छन् भने मद्दत नै दिनेछन् । शिक्षाको क्षेत्रमा आएको विलम्ब हट्न जाला भने नयाँ खालको रचना गर्ने जमर्को बढ्ला । जागिरमा मध्यम स्थिति छ ।

प्रकाशित : शनिबार, माघ २१, २०७९१०:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

फाल्गुन २१ गतेसम्म कष्टदायी रहनेछ यी ५ राशिका दिन, शनिको अशुभ प्रभावले पार्नेछ बैचेन