अझैँ रोकिएन् शाहरुख खान अभिनित ‘पठान’ को तूफान

एजेन्सी : भारतीय फिल्म ‘पठान’ ले आफ्नो प्रदर्शनको आठौँ दिनसम्म संसारभरका बक्स अफिसबाट कुल ६६७ करोड भारु कलेक्सन गरेको छ। फिल्मका निर्माता यश राज फिल्मले बिहिबार सञ्चारमाध्यमलाई बताए अनुसार फिल्मले आठौँ दिनमा १८.२५ करोड भारु कमाएको छ, जसमा हिन्दीमा १७.५० करोड रुपैयाँ र डब संस्करणबाट ७५ लाख भारु कमाएको छ।

सिद्धार्थ आनन्दद्वारा निर्देशित फिल्म ‘पठान’ २५ जनवरीबाट हिन्दीमा विश्वव्यापी रूपमा प्रदर्शनमा आएको थियो। यसका साथसाथै तमिल र तेलुगुमा पनि डब भर्जनहरू रिलिज भएका थिए। फिल्ममा शाहरुख खानबाहेक जोन अब्राहम र दीपिका पादुकोणले पनि अभिनय गरेका छन्।

फिल्मले भारतमा मात्र ३४८.५० करोड भारु(हिन्दीमा ३३६ करोड भारु र डब संस्करणहरूमा १२.५० करोड भारु) कमाएको छ। जबकि फिल्मले विदेशबाट मात्र २५० करोड भारु कमाएको छ।

प्रकाशित : शुक्रबार, माघ २०, २०७९१८:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

१८ वर्षपछि बक्सअफिसमा भिड्ने भए रजनीकान्त र कमल हासन !