फेब्रुअरीमा जन्मिएका व्यक्तिको यस्तो हुन्छ स्वभाव र बानीब्होरा, हुन्छन् दुई अद्भुत शक्ति

काठमाडौँ : – कुनै पनि सालको फेब्रुअरी महिनामा यदि तपाईको जन्म भएको हो भने ज्योतिष शास्त्रले तपाईमा दुई अदभुत शक्ति हुने बताएको छ। एक अन्तर्बोध क्षमता यानी इन्ट्युशन पावर र दोस्रो ग्रहण गर्ने क्षमता जसलाई अँग्रेजीमा ग्रास्पिङ पावर भनिन्छ। तपाईमा गज्जबको आकर्षण शक्ति हुन्छ। तपाईमा एक अनौठो किसिमको विचित्रता पनि पाइन्छ।

जब तपाई खुशी हुनुहुन्छ तपाई खुशी एकदम खुशी हुँदै आफूलाई सम्हाल्न सक्नुहुन्न र जब दुखी हुनुहुन्छ तब एकदम दुखी बन्नुहुन्छ। आफ्नो आसपास तपाई एक रहस्य बनेर हिड्नुहुन्छ। तपाई बुझ्न धेरै मुश्किल त हैन तर सजिलो पनि छैन। कहिले कुन कुरामा तपाई भावुक बन्नुहुन्छ त्यो कसैले अनुमान गर्न सक्दैनन्। तपाईको साथीहरु धेरै हुन्छन्। हरेक उमेरका, हरेक वर्गका साथी तपाईको समूहमा हुनेछन्। जुनसुकै बेला जो सँग पनि तपाई चाँडै रिसाउनुहुन्छ। मनको सरल, स्वभावले कठिन यहीँ हो तपाईको साधारण परिभाषा।

भावुकता तपाईको करियरको रोकावट हो। यसमाथि विजय हासिल गर्न अत्यन्तै जरुरी छ। प्राय: तपाईले धोका खानुहुन्छ  किनकी जोकोहींलाई विश्वास गर्नु तपाईको कमजोरी हो। दुनियाँमा दुवै हातबाट लुटाउनको लागि तपाई पैदा हुनुभएको हो। बचत गर्न तपाईलाई आउँदैन। फेब्रुअरीमा जन्मेका कोहीं त यति सोझो हुन्छन् कि अलिकति बचत गरेमा पनि सारा दुनियाँको अगाडी हल्ला गर्दै हिड्छन्।

तपाई भाग्यमा भन्दा बढी कर्ममा विश्वास  गर्नुहुन्छ। तपाईको स्वभाव रोमान्टिक त हुने नै भैहाल्यो ‘भ्यालेन्टाइन डे’ वाला महिनामा जो जन्म लिनुभएको छ। युवतीहरु तपाईको बाटोमा आइरहन्छ, तर तपाई अलि कति पनि डगमगाउनु हुन्न। तपाईले आफ्नो मर्यादा र इज्जतमा कहिल्यै आँच आउन दिनु हुनेछैन। तपाईको प्रेम एकदमै गहिरो र पवित्र हुन्छ। छलकपटबाट कोसौँ दूर।

बाहिरी सुन्दरताले तपाईलाई त्यति आकर्षित गर्दैन जति निर्दोष सीधा-सच्चा दिलले गर्छ। प्रेममा छिछोरापन तपाई फिटिक्कै मन पराउनुहुन्न। तपाई प्राय: प्रेममा दोस्ती र दोस्तीमा प्रेम खोज्नुहुन्छ। र यसै कन्फ्युजनमा दुवैलाई चिन्न तपाईले भूल गर्नुहुनेछ। इन्ट्युशन पावर तपाईको गज्जब त हुने नै छ तर यहीँ आएर तपाईको इन्ट्युशन र कम्युनिकेशन फेल हुन्छ।

तपाईले मनको कुरा सबैसँग भन्नुहुनेछ तर जसलाई भन्नु पर्ने हो त्यसलाई कहिल्यै खुलेर भन्न सक्नुहुन्न। तपाईको आफ्नो साथीसँग यहीँ गुनासो रहन्छ कि प्रेममा तपाई जुन गहिराई चाहनुहुन्छ त्यति पाउनुहुन्न।

तपाई स-साना कुराहरु पनि मनमा लिनुहुन्छ। हरेक कुराको तीन-चार अर्थ निकाल्नुहुन्छ, यहीँ कारण तपाई अत्यन्तै सुस्त गतिमा प्रगति गर्नुहुन्छ। तपाईको इमान्दारिता र स्पष्ट व्यवहारको दुनियाँले खुलेर तारिफ गर्छन्। तपाई सधैँ अरुलाई सहयोग गर्न तत्पर रहनुहुन्छ।

फेब्रुअरीमा जन्मिएकाहरु प्राय: डाक्टर, लेखक, शिक्षक, चित्रकार, कम्प्युटर विशेषज्ञ या नेता हुन्छन्। यी बाहेक अरु क्षेत्रमा सफलता हासिल गर्नको लागि यिनीहरुले कडा सङ्घर्ष गर्नुपर्नेछ। भाग्यको मामिलामा यिनीहरु अलि पछाडी नै हुन्छन्। यिनीहरुले यिनको योग्यता र प्रतिभाको तुलनामा पद र पैसा दुवै प्राय: पाउँदैनन्, या भनुम ढिलो पाउँछन्। फेब्रुअरीमा जन्मिएकाहरुका एक विशेष खाले लोभलाग्दो अन्दाज हुन्छ। वाकपटुताले सबैको मनमा राज गर्छन्।

फेब्रुअरी महिनाका युवती हेर्दा समन्या तर प्रखर बुद्धि वाला हुन्छन्। यिनको व्यक्तित्वमा एक किसिमको चमक हुन्छ तर यिनीहरु यसबाट अनजान हुन्छन्। जब सम्म अरुले यिनको खुबी यिनलाई बताउँदैनन् तब सम्म यिनीहरुलाई विश्वास हुँदैन्। प्रेमको मामिलामा यिनीहरु खासै सफल हुँदैनन्।

यिनको इगोले यिनीहरुलाई आफ्नो साथीको अगाडी झुक्नबाट रोक्छ। यहीँ इगोको कारणले ब्रेकअप हुन्छ र कुनै अफेयर नै नहुने जीवनको नियति बन्छ। मन यिनको प्रेमले ओतप्रोत हुन्छ, बस् त्यसलाई बुद्दिमतापूर्वक ह्यान्डल गर्न जरुरत हुन्छ। फेब्रुअरीमा जन्मिएको युवती यदि विवाहित छिन् भने पतिलाई असीमित प्रेम गर्छन्।

सबै फेब्रुअरीमा जन्मिएकाहरुलाई यो सुझाव छ कि आफ्नो व्यक्तित्वलाई दृढ बनाइराख्नुहोला। आफ्नो आत्मविश्वासलाई कहिल्यै कमजोर हुन् नदिनुहोला। समयसँगै जरुरी परिवर्तनलाई स्वीकार गर्नुहोला। पुरानो विचारधारालाई त्याग्नुहोला। ‘ह्याप्पी बर्थ डे इन एडभान्स’ ।

प्रकाशित : शुक्रबार, माघ २०, २०७९१५:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पुरा भयो ‘अवतार ३’ र ‘अवतार ४’को सुटिङ, चार्ली च्याप्लिनकी नातिनी पनि पाइन् मौका !