ज्योतिषशास्त्रका अनुसार हरेक ग्रह एक राशिबाट अर्को राशिमा निश्चित अवधिमा प्रवेश गर्छन्। मार्च २०२३ मा मंगल ग्रह सहित धेरै ग्रहहरू गोचर हुनेछन्। मंगल ग्रहलाई साहस, पराक्रम र भूमि आदिको कारक मानिन्छ। मेष र वृश्चिक राशिको स्वामी मंगल हो। कुण्डलीमा मंगल ग्रहको स्थिति शुभ हुँदा यसले व्यक्तिलाई उच्च स्थानमा विराजमान गराउँछ।
वृष राशि
मंगल ग्रहको गोचरले वृष राशिको जीवनमा सकारात्मक परिणाम ल्याउनेछ। यस अवधिमा आकस्मिक धन लाभको योग हुनेछ। रोकिएको धन प्राप्त हुनेछ। आम्दानीका नयाँ साधनहरु सृजना हुनेछन्। ज्येष्ठ नागरिकको आशीर्वाद मिल्नेछ। प्रभावशाली व्यक्तिको सम्पर्कमा आउन सकिनेछ।
तुला राशि
तुला राशिका लागि मंगलको राशि परिवर्तन लाभदायी रहनेछ। मंगल तपाईंको राशिको नवौं घरमा प्रवेश गर्नेछ, जसलाई भाग्य र विदेश यात्राको ठाउँ मानिन्छ। यस अवधिमा तपाईं भाग्यशाली हुनुहुनेछ। रोकिएको धन प्राप्त हुनेछ। करियरमा प्रगति र व्यापारमा लाभ हुनेछ। घरमा शुभ कार्यक्रम हुन सक्छ।
कन्या राशि
कन्या राशिका लागि मंगल गोचर निकै शुभ रहनेछ। करियर तथा व्यापारमा अपार सफलता मिल्नेछ। काममा नयाँ अवसर मिल्नेछ। व्यापारीले नाफा कमाउनेछन्। परिवारमा खुशीको वातावरण रहनेछ। स्वास्थ्य राम्रो रहनेछ।