बुबासँग फुल स्लिब्स टपमा न्यासा, ट्रोलर्स भन्छन् – ‘बुबाआमासँग साधारण लुक तर साथीहरुसँग उत्ताउलो…’

एजेन्सी : बलिउड अभिनेता अजय देवगनकी छोरी न्यासा देवगन गत वर्ष निकै चर्चामा थिइन्। कहिले क्रिसमस त कहिले नयाँ वर्षको पार्टीमा उनको ग्ल्यामरस स्टाइलले मानिसको ध्यान तानेको थियो। यससँगै भारतीय व्यापारीका छोरा ओरहान अवत्रामणि यानी ओरीसँगको उनको तस्बिर झन् चर्चाको केन्द्रबिन्दु बनेको थियो। ग्ल्यामरस स्टाइलपछि उनी केही समयअघि आमा काजोलसँग श्रीसिद्धिविनायक गणपति मन्दिरमा कुर्था-सुरुवालमा पुगेकी थिईन्। यसपछि उनी हालै बुबासँग विमानस्थलमा देखिएकी छिन्। त्यतिबेला उनले पिङ्क फुल स्लिब्स र जिन्समा देखिएकी थिईन्। न्यासाको बदलिएको लुक अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।

अहिलेसम्म मानिसहरुले न्यासा देवगनलाई ओरीसँग पार्टी गरेको देखेका छन्। उनको सामाजिक सञ्जालमा पनि धेरै तस्बिरहरू छन्, जसमा उनी ओरीसँग ग्ल्यामरस लुकमा रमाइलो गरिरहेको देख्न सकिन्छ। अहिले अचानक उनको बदलिएको लुक देखेर मानिसहरु छक्क परेका छन्। सार्वजनिक भएको भिडियोमा उनी बुबा अजयसँग एयरपोर्टबाट बाहिर निस्केको देखिन्छ। जसमा उनी निकै साधारण देखिएकी छिन्।

भिडियोमा अजय र न्यासा कूल स्टाइलमा देखिएका छन् र कुनै कुरामा हाँसेको पनि देखिन्छ। यो भिडियो हेरेर मानिसहरुले सामाजिक सञ्जाल न्यासाले अनेक रुप देखाउने बताएका छन्। एक युजरले लेखेका छन्, ‘बुबाआमासँग हुँदा साधारण लुक्समा देखिन्छिन् भने साथीहरुसँग हुँदा पूर्णरुपमा आफ्नो रुप फेर्छिन्।’

ओरीसँग न्यासाका तस्बिरहरू प्राय: सोशल मिडियामा निकै चर्चाको विषय बन्छन्। तर यो वर्षको सुरुदेखि नै यी दुवैको सँगैको तस्बिर कम बाहिर आइरहेको छ।

भिडियोहरु : –

 

View this post on Instagram

 

A post shared by Viral Bhayani (@viralbhayani)

 

View this post on Instagram

 

A post shared by Viral Bhayani (@viralbhayani)

प्रकाशित : बिहिबार, माघ १९, २०७९१५:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

तस्बिरमा देखिएका यी बालक अहिले बलिउड क्षेत्रमा गरेका छन् राज, भएका छन् ६ हजार करोडको मालिक: चिन् भयो ?