बढ्यो सुनको मूल्य !

काठमाडौं,  सुनको मूल्य बुधबार तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँ कायम भएको छ ।

यसअघि  मंगलबार छापावाल सुन तोलाको १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य बुधबार तोलाको १ लाख ५ हजार ८०० रुपैयाँ निर्धारण भएको छ ।

मंगलबार यसको मूल्य तोलाको १ लाख ५ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो ।  यता, बुधबार चाँदी पनि तोलामा ५ रुपैयाँले बढेको छ । चाँदी १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि, मंगलबार चाँदीको मूल्य १३ सय ६५ रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित : बुधबार, माघ १८, २०७९१५:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कालीगण्डकीका देवशिला अयोध्या पुर्याइयो !