आज भीमा एकादशीको दिन गरिएका यी उपायले बनाउँछ मालामाल, घरमा हुनेछ लक्ष्मीको बास

काठमाडौँ : हरेक महिनाको दुवै पक्षको एकादशीमा एकादशी व्रत बस्ने गरिन्छ। प्रत्येक एकादशीको आफ्नै महत्व छ। माघ शुक्लपक्षको एकादशी यसपटक माघ १८ गते बुधबारको दिन मनाइँदैछ। यसलाई जया एकादशी वा भीमा एकादशी भन्दछन्। यस दिन व्रत बस्दा भगवान विष्णुसँगै लक्ष्मीको आशीर्वाद पनि प्राप्त हुने जनविश्वास रहेको छ।

ज्योतिषशास्त्रका अनुसार जय एकादशीको दिन व्रत बस्दा ब्रह्मा ह:_त्याको पापबाट मुक्ति मिल्छ। यदि कोही व्यक्ति चरम गरिबीमा बाँचिरहेको छ भने यो व्रत राख्दा धनी बन्ने भनाई छ। त्यसैगरी मृत्युपछि भूत, पिशाच र प्रेतको यो:_*निबाट पनि मुक्ति मिल्छ। यहीँ कारण जया एकादशीको व्रतको विशेष महत्व छ।

ज्योतिष शास्त्रका अनुसार जीवनमा प्रगति चाहनुहुन्छ भने एकादशीको दिन यी उपाय अवश्य अपनाउनुहोस्। यी उपाय अपनाउँदा व्यक्तिले सबै दुःखबाट मुक्ति प्राप्त गर्छन्। एकादशीको दिन व्रत बसेर भगवान विष्णु र माता लक्ष्मीको पूजा गर्नुहोस्। यस दिन उनको अभिषेक पनि गर्नुहोस्। उनलाई पहेँलो फूल, पहेँलो रङ्गको फूलमाला, मिठाई, फल आदि चढाउनुहोस्। भोगको रूपमा फल मात्र अर्पण गर्नुहोस्। सम्भव भएमा यस दिन गाईलाई दाना खुवाउनुहोस्।साथै गरिबहरूलाई कपडा र खाना दान गर्नुहोस्।

जया एकादशीको दिन पिपलको रुखमा जल चढाउनुहोस्। पीपलको रुखको परिक्रमा गर्नुहोस् र शुद्ध घिउको दियो बाल्नुहोस्। श्रीहरिको ध्यान गर्नुहोस् र उनको अगाडी आफ्नो मनोकामना राख्नुहोस्। यो उपाय गर्नाले तपाईको मनोकामना छिट्टै पूरा हुनेछ।

ज्योतिष शास्त्रका अनुसार एकादशीको दिन भूलवश पनि तामसिक भोजन नखानुहोस्। यस दिन अण्डा, मासु, माछा, लसुन, प्याज आदिको सेवन नगर्नुहोस्। दिनमा एक पटक मात्र फलहारा गर्नुहोस्।

प्रकाशित : बुधबार, माघ १८, २०७९११:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी ४ उपाय गर्नाले सधैं कायम रहन्छ माता लक्ष्मीको कृपा, कहिल्यै पनि कमी हुँदैन धन-सम्पत्तिको !