माघ महिनामा पर्ने एकादशी तिथिमा जय एकादशी व्रत गरिन्छ। यो व्रत गर्नाले भगवान विष्णु र माता लक्ष्मीको कृपा प्राप्त हुन्छ। यसपटक एकादशी तिथि आज माघ १७ मा दिउँसो १२ बजेर २३ मिनेटमा सुरु भई अर्को दिन माघ १८ गते २ बजेर ३१ मिनेटसम्म रहनेछ। यो व्रतको पारण द्वादशी तिथिमा गरिनेछ। त्यसैले माघ १९ गते बिहान ६ बजेदेखि २४ बजेसम्म व्रत बस्न सकिन्छ।
एकादशी तिथि हिन्दु धर्ममा तिथीहरू मध्ये एक धेरै महत्त्वपूर्ण तिथि हो। यो तिथि भगवान विष्णुलाई अति प्रिय छ। यसपटक माघ १८ गते यस तिथिमा चारवटा योग बनिरहेका छन्। माघ १८ गते ग्रह र नक्षत्रबाट इन्द्र र अमृत योग रहनेछ। बृहस्पति ग्रहको कुरा गर्ने हो भने बृहस्पति मीन राशिमा भएका कारण हंस योग नामको महापुरुषको निर्माण हुनेछ। यससँगै तिथी, बार र नक्षत्रबाट सर्वार्थ सिद्धि योग बनिरहेको छ। यी चारै योगले जय एकादशीको व्रतको पुण्य बढाइरहेको छ। अर्कोतर्फ, यस दिन तपाईंले परोपकारबाट कहिल्यै अन्त्य नहुने पुण्य प्राप्त गर्नुहुनेछ।
जय एकादशी तिथि – माघ १८ गते
मुहूर्त
एकादशी तिथि सुरु – माघ १७ गते दिउँसो १२:२३ बजे
एकादशी तिथि समाप्त – माघ १८ गते, दिउँसो ०२:३१ बजे
पारण (उपवास तोड्ने) समय – माघ १९ गते, बिहान ०७:११ देखि बिहान ९:२२ सम्म
द्वादशीको अन्तिम समय पारण तिथि – साँझ ०४:५६ बजे
एकादशी व्रत महत्व
यस शुभ दिनमा व्रत राख्नाले सबै प्रकारका पापबाट मुक्ति प्राप्त हुन्छ। यो व्रत राख्नाले मानिसको सबै मनोकामना पूरा हुन्छ। धार्मिक मान्यता अनुसार एकादशीको व्रत गर्दा मृ-त्यु’पछि मोक्ष प्राप्त हुन्छ।
