काठमाडौँ : न्याय र कर्मको फल प्रदान गर्ने शनि अहिले आफ्नै राशि कुम्भमा छ। शनि माघ ३ गते मङ्गलबार(१७ जनवरी) कुम्भ राशिमा आएको थियो। अब माघ १७ गते मङ्गलबार(३१ जनवरी) शनि कुम्भ राशिमा अस्त हुनेछ। शनि ३३ दिनसम्म कुम्भ राशिमा अस्त रहनेछ। त्यसपछि फागुन २१ गते आइतबार(५ मार्च) राति उदय हुनेछ। शनि अस्ताउँदा कुल १२ राशिहरुमध्ये ५ राशिका जातकले विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ। उनीहरुका रोजगारी, व्यापार-व्यवसाय, स्वास्थ्य आदिका क्षेत्रमा सङ्कटको बादल मडारिन सक्छ।
ज्योतिषाचार्यहरुका अनुसार मङ्गलबार माघ १७ गते शनि अस्ताउँदा मेष, कर्कट, सिंह, वृश्चिक र कुम्भ राशिका जातकहरुले सतर्कता अपनाउनुपर्नेछ। आफ्नो स्वास्थ्यको ख्याल राख्नुपर्नेछ। जानौँ शनि अस्ताउँदै गर्दा यी ५ राशिको जीवनमा कस्तो असर पर्नेछ।
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

शनि अस्ताएका कारण मेष राशिका जातकले करियर र दाम्पत्य जीवनमा सजगता अपनाउनुपर्नेछ। धन हानिको योग बन्न सक्छ। यस समयमा तपाईको करियरमा थुप्रै नयाँ चुनौतीहरु आउन सक्छन्। अप्ठ्यारो समयलाई धेरै धैर्यताका साथ सामना गर्नुपर्नेछ। माघ १७ गतेदेखि फाल्गुन २१ गतेसम्मको समयावधिमा सावधानीपूर्वक लगानीसम्बन्धी निर्णयहरु लिनुहोस। मान-सम्मानमा खोट लाग्न सक्ने कुनै पनि काम नगर्नुहोस्।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

कर्कट राशिमा शनिको ढैय्या चलिरहेको छ। जागिर र व्यापार गर्नेहरूले केही समस्याहरू सामना गर्न सक्छन्। अनावश्यक अपवाह र अफिसको राजनीतिबाट टाढै रहनु वेश हुनेछ। साझेदारी व्यवसायमा घाटाको सम्भावना छ। दाम्पत्य जीवनमा पनि सजग रहनुहोला। जीवनसाथीसँग वादविवाद हुन् सक्ने कुनै पनि कुरा या काम नगर्नुहोस्।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

शनि अस्ताउँदा तपाईको स्वास्थ्यमा नराम्रो प्रभाव पर्न सक्छ। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस्। खानपानमा सावधानी अपनाउनुहोला। सामान्य स्वास्थ्य समस्यालाई पनि बेवास्ता नगर्नुहोस्। यस समयमा तपाईको आर्थिक अवस्था तनावपूर्ण हुन सक्छ। व्यापार-व्यवसाय गर्नेहरुले धन हानि ब्होर्नुपर्नेछ। सोचविचारपूर्वक नै लगानी गर्नुहोस्।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

शनिको अस्तले पारिवारिक सम्बन्धमा असर पार्न सक्छ। दाजुभाई तथा दिदीबहिनीसँगको सम्बन्ध बिग्रन सक्छ। वादविवादको पनि स्थिति पैदा हुन् सक्छ। संयमतापूर्वक काम गर्नुहोस्। व्यापार-व्यवसायमा अहिले नयाँ प्रयोग नगर्नु नै उचित हुनेछ, अन्यथा आर्थिक अवस्था नाजुक हुनेछ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

शनि कुम्भ राशिको स्वामी ग्रह र यहीँ राशिमा हुँदा अस्ताउन लागेको हो। यस्तो अवस्थामा तपाईले सावधानी अपनाउनुपर्नेछ। अहिले जागिर परिवर्तनबारे सोच्दै हुनुहुन्छ भने तत्काल परिवर्तन नगर्नुहोस्। कसैको दबाबमा काम नछाड्नुहोस्, यसो गर्दा तपाईको आर्थिक स्थिति बिग्रन सक्छ। यस समयमा तपाईको पारिवारिक सम्बन्ध र दाम्पत्य जीवन दुवै प्रभावित हुन् सक्छ। यस्तो अवस्थामा तपाईले आफ्नो बोली र व्यवहार दुवैलाई नियन्त्रण गर्नुपर्छ।
