भोलि माघ १७ गते मंगलबार: शुभ-अशुभ कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् दैनिक राशिफल !

काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। माघ १७ गते मंगलबार ग्रह-नक्षत्रका स्थितिका कारण केही राशिहरुका लागि शुभ हुनेछ भने केही राशिका मानिसले कठिनाइको सामना गर्नुपर्नेछ। मंगलबार पवन पुत्र हनुमानको नाममा समर्पित हुने गर्दछ। मंगलबार भगवान हनुमानको विधि-विधानपूर्वक पूजा-अर्चना गरे हरेक मनोकामना पूरा हुने साथै शुभ फल प्राप्त हुने मान्यता रहेको छ। मंगलबार कुन राशिका जातकलाई लाभ हुनेछ र कुन राशिका व्यक्तिहरु सजग रहनुपर्नेछ त ? पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल :

दिन : – मंगलबार ।।  नक्षत्र : – रोहिणी , २७:०३ बजे उप्रान्त मृगशिरा ।। तिथि : – दशमी , १४:३९ बजे उप्रान्त एकादशी ।। करण : – गर १४:३९ बजेदेखि वणिज , २७:०९ बजे उप्रान्त वालव ।। योग : – ब्रह्म , १४:०१ बजे उप्रान्त ऐन्द्र ।। ३१ जनवरी, २०२३ ।। दशमी, माघ शुक्लपक्ष ।। माघ १७ गते मंगलबार ।। सिल्लाथ्व, ११४३ ने.सं. ।। सूर्योदय(sunrise) : – ६:५३ ।। सूर्यास्त(sunset) : – १७:४२ ।।  साइत-कुनै शुभ साइत-मुहूर्त छैन-

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

व्यापारमा लाभ हुनेछ । मन धेरै विचलित रहन सक्छ, ध्यान र योग गर्नुहोस्। काममा आफ्नो कार्यसम्पादनबाट सन्तुष्ट हुनुहुनेछ। राजनीतिज्ञबाट लाभ मिल्नेछ। धन बचत गर्न सफल हुनु हुनेछ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

विद्यार्थी लाभान्वित हुने दिन छ। प्रेममा सफलता मिल्नेछ। अचानक धन लाभ हुन सक्छ। घरपरिवारमा विवाद हुनसक्छ । बचत गर्न कठिनाइहरूको सामना गर्न सक्नुहुन्छ। प्रेम यात्रा रमाइलो तर छोटो हुनेछ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

करियरमा प्रगति हुनेछ। छोराछोरीको विवाहसँग सम्बन्धित कुनै पनि निर्णय सावधानीपूर्वक लिनुहोस्। दाम्पत्य जीवन सुखमय रहनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

राजनीतिमा सफलता मिल्ने दिन छ। अध्यापन र बैंकिंग व्यक्तिहरू आफ्नो करियरको बारेमा उत्साहित र खुसी हुनेछन्। रोकिएका काम पुरा हुनेछन् । धेरै स्रोतबाट आर्थिक लाभ मिल्नेछ। आफ्नो परिवारको उन्नतिको लागि कडा परिश्रम पर्नु पर्नेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

व्यापार र जागिरमा सफलता मिल्नेछ। आर्थिक समृद्धि बढ्नेछ। काममा नयाँ अवसर मिल्नेछ। सन्तानको कारण आर्थिक लाभको सम्भावना हुनेछ। प्रेममा धेरै आनन्द लिन सकिन्छ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

धार्मिक कार्यमा प्रगति हुँदा मन प्रसन्न रहनेछ। बैंकिङ क्षेत्रमा सफलता मिल्ने संकेत देखिन्छ। आर्थिक लाभको सम्भावना छ। संचार कौशल प्रभावकारी साबित हुनेछ। लगानी लागि दिन धेरै लाभदायक हुनेछ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

राजनितिमा उन्नति हुने हुँदा मन प्रसन्न रहनेछ। काममा उच्च अधिकारीको सहयोगले आशावादी बनाउनेछ। कलाकार तथा कामदार महिलाका लागि आजको दिन निकै फलदायी साबित हुनेछ। स्वास्थ्यमा केही समस्याको सामना गर्नु पर्नेछ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

व्यापारमा सफलता मिल्नेछ । प्रेम जीवनमा विश्वास कायम राख्नुहोस्। सवारी साधन किन्ने संकेत मिल्ने देखिन्छ। दाम्पत्य जीवनमा सुधार आउनेछ। मतभेदका कारण व्यक्तिगत सम्बन्धमा दरार आउन सक्छ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

व्यापारमा शुभ समाचार मिल्नेछ। व्यापारमा सफलता मिल्ने संकेत देखिन्छ। आर्थिक उन्नतिमा मन प्रसन्न रहनेछ। दिन सबैको ध्यानको केन्द्र गर्न सफल बन्नुहुनेछ र सफलता तपाईको पहुँचमा हुनेछ। आज दाम्पत्य जीवन राम्रो हुनेछ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

व्यापार व्यावसायमा लाभ मिल्नेछ। धार्मिक यात्रा गर्न सकिनेछ। स्वास्थ्य पूर्णतया राम्रो रहनेछ। बदलाको भावनाले केही हानी हुन सक्छ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

नोकरी तथा व्यवसायमा सफलता मिल्नेछ। जागिर परिवर्तन सम्बन्धी कुनै निर्णयमा ढिलाइ हुन सक्छ। यात्रा सुखद रहनेछ। कुनै पनि सामाजिक कार्यक्रममा भाग लिनुहोस्। सम्पत्ति सम्बन्धी लेनदेन सम्पन्न भई लाभ मिल्नेछ। लेनदेन गर्नको लागि राम्रो दिन छ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

राजनीतिमा सफलता मिल्ने संकेत देखिन्छ। काममा उच्च अधिकारीबाट मन प्रसन्न रहनेछ। नजिकका साथीहरू र साझेदारहरूले तपाईंको जीवन कठिन बनाउन सक्छन्। आफ्नो मनोवृत्ति इमानदार र स्पष्ट राख्नुहोस्।

प्रकाशित : सोमबार, माघ १६, २०७९१५:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज माघ १७ गते मंगलबार: कसरी बित्ला तपाईंको दिन ? हेर्नुहोस् आफ्नो राशिफल !