आज सोमबार हो र प्राचीन समयदेखि नै सोमबारको सम्बन्ध भोलेनाथसँग जोडिएको छ। यो दिनलाई भण्डारीको भक्तहरु खास मान्छन् र उनको पुजा गर्छन्। मान्यता अनुसार सोमबारको दिन व्रत र पूजा गर्नाले शिवजी आफ्नो भक्त प्रति छिट्टै खुशी हुन्छन्। व्रत र पूजा गर्नेहरुको जीवनबाट दुख, रोग र आर्थिक समस्यालाई टाढा राख्छन्। कुमारी कन्याद्वारा यो दिन व्रत वा शिवलाई पुजा गर्नाले उनको विवाह हुन्छ । यति मात्र नभई उनलाई भोलेनाथ जस्तो वर मिल्छ।
पूजा विधि:-
सोमबारको दिन बिहान स्नान गरेर मन्दिर गएर वा घरमा नै विधिविधानले शिव जीको पूजा गर्नुपर्छ। सबैभन्दा पहिला भगवान शिवसँग माता पार्वती र नन्दीलाई गंगाजल र दूधले स्नान गर्ने र त्यसपछि चंदन, चामल, भांग, सुपारी , बेलपत्र र धतूरो चढाउने। त्यसपछि अन्तिम पटक शिव जीको विधिविधानले आरती गर्नुहोस्।
सोमबार गर्नुस् यी काम
मन्दिर गएर शिव जीलाई दूध र मिश्री चढाउनु निकै शुभ मानिन्छ। यदि मन्दिर जान सम्भव नभएको खण्डमा भने घरमा नै यो यी चिज चढाउन पनि सकिन्छ। शिवजीलाई बेलपत्र सर्वाधिक प्रिय हुन्छ। त्यसैले आफ्नो मनकामना पूर्तिको लागि सोमबार ११ बेलपत्र चढाउनु निकै लाभदायक मानिने गरिन्छ। यो बाहेक गंगाजलले हरेक सोमबार अभिषेक गर्नुपर्छ। मान्यता छ कि यस्तो गरेमा भगवान शंकर छिट्टो प्रसन्न हुन्छन्। ॐ नम शिवाय मन्त्रको साथ मौसमको केहि मीठो फल अर्पित गर्नुहोस्।
