काठमाडौँ : – हरेक दिन ग्रह-नक्षत्रको स्थितिमा हुने परिवर्तनको कारण केही राशिलाई शुभ हुनेछ भने केही राशिलाई अशुभ हुनेछ। जब ग्रह-नक्षत्रको स्थितिमा परिवर्तन आउँछ त्यसको प्रत्यक्ष प्रभाव १२ राशिमा पर्ने गर्दछ। जान्नुहोस् यस साता कुन राशिलाई शुभ हुनेछ भने कुन राशिका व्यक्तिले समस्याको सामना गर्न पर्ने हुन्छ ?
साताको राशिफल : – माघ १४ देखि २० गतेसम्म
ज्योतिषाचार्य दामोदरनाथ लोहनी
साताका चाड : – १४ गते अचला सप्तमी, (मन्वादि), (लगला चुयके) । १५ गते अष्टमी व्रत, भीष्माष्टमी । १६ गते द्रोण नवमी, शहीद दिवस । १७ गते शल्य दशमी । १८ गते भीमा एकादशी व्रत । १९ गते प्रदोष व्रत, भीष्म द्वादशी, (शन्याडुली) । २० गते शौभाग्य सुर्प दान ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
साताका सुरुका दुई दिन त्यति राम्रा छैनन् । त्यसैले शनिबार र आइतबार महìवपूर्ण काम नगर्नुहोस् । सोमबारदेखिका बाँकी दिन राम्रा खालका छन् । खर्च त घट्ने छैन तर असल काममा खर्च हुनाले मनमा सन्तोष नै हुनेछ । व्यावसायिक कामबाट विशेष फल प्राप्ति होला ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
साताको सुरु र अन्त्य त्यति राम्रो छैन । बीचको भागले मात्रै साथ दिनेछ । सानो काम गर्न पनि बढी खर्च गर्नु पर्ला । यात्रा भए पनि निरर्थक खालको यात्राले खास कुनै प्रगति हुने छैन । पढाइमा समय बढाउनुहोस्, धेरै नयाँ कुरा सिक्नुहुनेछ । परिवारबाट राम्रो सहयोग पाउनुहुनेछ ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
यो साता आधा काम बन्नेछन् भने आधा बाँकी रहनेछन् । खर्च बढी नै होला, त्यसलाई नियन्त्रण गर्न गाह्रो छ । सहयोग दिनेको सङ्ख्या हाल त्यति देखिँदैन । यात्रा त होला तर निरर्थक खाले यात्रा नै बढी सम्भव छ । पढाइ र लेखाइमा समय थपेमा राम्रै उपलब्धि गर्नुहुनेछ ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
त्यति राम्रो साता छैन । मनमा अनेकौँ शङ्का र डर लागिरहनेछन् । विशेष गरेर स्वास्थ्यका बारेमा शङ्का बढी छ । परिवारबाट पाउनुपर्ने सहयोग अति सीमित मात्रै देखिन्छ । विवाहसम्बन्धी कुरामा पनि त्यति गति आउने छैन । देवीको आराधनाले त्यसमा सुधार होला।