शाहरुखको पठानले बनायो रेकर्ड नै रेकर्ड ! [रेकर्डको सूची सहित]

मुम्बई,  फिल्म ‘पठान’मार्फत अभिनेता शाहरुख खानको चार वर्षपछिको कमव्याक बलिउड बक्सअफिसका लागि धमाकेदार बनेको छ । फिल्मले रिलिजको पहिलो दिन नै बलिउड ‘सकिएको’ मान्ने ट्रोलर्सको होस नै उडाइदिएको छ ।

फिल्मले पहिलो दिनमै भारतमा करिब ५४ करोडको व्यापार गरेको छ । हिन्दी फिल्मको इतिहासमा फिल्म रिलिजको दिन नै यति बम्बर ओपनिङ सायदै कमैलेमात्र चाख्न पाएका छन् ।

यो फिल्मले कमाईसँगै अन्य कैयौं रेकर्ड ब्रेक गरिसकेको छ । फिल्मले विश्वव्यापी रुपमा नै सय करोड बढीको व्यापार गरिसकेको छ । रोचक कुरा के छ भने फिल्मले नयाँ १० रेकर्ड पनि कायम गरेको छ । यी हुन् ‘पठान’का १० रेकर्ड

१. भारतमा हालसम्म सर्वाधिक बढी स्क्रिनमा रिलिज हुने पहिलो फिल्म । / २. पहिलो दिन बक्सअफिसमा सर्वाधिक कमाई गर्ने हिन्दी फिल्म । / ३. बिना कुनै सार्वजनिक विदाको दिन रिलिज यस्तो पहिलो फिल्म, जसले ओपनिङ डेमै रेकर्डयुक्त कमाई गर्‍याे ।

४. यशराज ब्यानरको तेस्रो फिल्म जसले ‘वार’(५३ दशमलब ३५ करोड) र ‘ठग्स अफ हिन्दुस्तान’ (५२ दशमलब २५) पछि पहिलो दिन बक्सअफिसमा नेट ५० करोड भन्दा व्यापार गर्ने फिल्म

५. तेस्रो यशराज स्पाय युनिभर्स फिल्म जसले ‘एक था टाइगर’ र ‘वार’ पछि रेकर्ड कायम गरेको छ । / ६. पहिलो दिन झण्डा गाड्ने शाहरुखको करियरकै पहिलो हाइएस्ट ग्रसिङ फिल्म

७. दीपिका पादुकोणको करियरको लागि पनि ‘पठान’ पहिलो फिल्म हो, जसले ओपनिङ डेमा रेकर्डब्रेक कमाई गर्यो । / ८. पहिलो दिन जोन अब्राहमको करियरको पनि पहिलो हाइएस्ट ग्रसिङ फिल्म ।

९. यशराज फिल्मसको पनि पहिलो दिन सबैभन्दा बढी कमाई गर्ने पहिलो फिल्म । / १० निर्देशक सिद्धार्थ आनन्दको करियरको पहिलो दिन कमाइ गर्ने पहिलो फिल्म ।

प्रकाशित : शुक्रबार, माघ १३, २०७९१६:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आखिर ग्याङ्स अफ वासेपुरलाई किन बिर्सन चाहन्छन् अनुराग ?