काठमाडौँ : मृत्यु सत्य हो, यो कुरा सबैलाई थाहा छ। तर मृत्युपछि आत्मालाई के भनिन्छ, यसबारे संसारभर धेरैखाले मान्यताहरु रहेका छन्। सनातन हिन्दू धर्मको ग्रन्थ गरुड पुराणमा मृत्युको बारेमा विस्तृत वर्णन गरिएको छ। हिन्दू धर्म र वैष्णव सम्प्रदायको यो एक मात्र ग्रन्थ हो, जसमा मृत्यु-पाप-पुण्य र स्वर्ग-नर्कको लेखा-जोखा पाइन्छ।
मृत्युपछि आत्मालाई के हुन्छ र कहाँ जान्छ भन्नेबारे हामी सबै अनभिज्ञ छौँ। तर मृत्युपछि छोडिएकाहरुको के हुन्छ त। यानी मृतकसँग सम्बन्धित चीजहरुको के हुन्छ त ? यसबारे पनि हिन्दू समाजमा धेरै धारणाहरू छन्।
सामान्यतया परिवारको सदस्यको मृत्यु पछि मानिसहरूले सम्झना वा प्रतीकको रूपमा ती सामान प्रयोग गर्छन् भने केही मानिसहरुले मृतकसँग सम्बन्धित चीजहरू नष्ट गर्छन्। गरुड पुराणमा मृतकसँग सम्बन्धित केही कुराहरू बताइएका छन्, जसको प्रयोग भूलवश पनि गर्नु हुँदैन। यसले आत्मालाई आकर्षित गर्ने र नकारात्मकता फैलाउन सक्छ।
गल्तीले पनि प्रयोग नगर्नुहोस् मृतकका यी चिजहरु
आभूषण वा गहना : कुनै पनि व्यक्तिलाई आफ्नो गहनासँग धेरै लगाव हुन्छ। यो मृतक व्यक्तिको आत्मामा पनि लागू हुन्छ। गरुड पुराणका अनुसार मृत्यु हुने व्यक्तिको गहना प्रयोग गर्नुहुँदैन। गहना लगाएको व्यक्तिसँग मृतक वा आत्माको ऊर्जा जोडिन सक्छ। तपाईले गहनालाई नयाँ तरिकाले लगाउन सक्नुहुन्छ। यदि मृत व्यक्तिले आफ्नो मृत्युअघि तपाईलाई उपहारस्वरुप गहना दिएको हो भने तपाईले त्यो गहना प्रयोग गर्न सक्नुहुन्छ।
कपडा : कुनै पनि व्यक्तिलाई आफ्नो लुगामा धेरै लगाव हुन्छ। गरुड पुराणका अनुसार मृत्युपछि पनि मृतकको आत्माले सांसारिक मोह छाड्न सक्दैन। यस्तो अवस्थामा उनीहरुको लुगा लगाउँदा आत्मा आकर्षित हुन् सक्छ। त्यसैले मृतकको लुगा लगाउनबाट जोगिनु पर्छ। मानिसको मृत्यु भएपछि उसको लुगा दान गर्नुपर्छ। यसले आत्मालाई शान्ति र मोक्ष दिन्छ।
घडी : गरुड पुराणका अनुसार परिवारका सदस्यको मृत्यु भएपछि उसको घडी पनि प्रयोग गर्नु हुँदैन। घडीमा मृतकको सकरात्मक र नकारात्मक उर्जाको वास हुने जनविश्वास रहेको छ। मृतकको घडी लगाउनेलाई नकारात्मक ऊर्जाले असर गर्छ र उसले मृतकको सपना बारम्बार देख्छ।
