बजारमा मैदा-आँटाको चरम अभाव, समस्यामा फ्याक्ट्री देखि होटल सम्म !

काठमाडौं : बजारमा मैदा, आँटाको चरम अभाव हुन थालेको छ।मैदा, आँटा कच्चा पदार्थको रूपमा प्रयोग हुने बिस्कुट, चाउचाउ, बेकरी, तन्दुुरी, नान, भोजनालय, रेस्टुरेन्टलगायत ठूला–साना सबै होटललाई मागअनुसार मैदा, आँटा मैदा उद्योगले उपलब्ध गराउन नसक्दा बजारमा चरम अभाव भएको बताएको छ। यो समाचार अन्नपूर्णपोस्ट दैनिकमा प्रकाशित छ।

भारतले वैशाख ३० गतेदेखि गहुँ आयातमा प्रतिबन्ध लगाएको थियो।यसको कारण बजारमा मैदा, आँटाको चरम अभाव भएको नेपाल मैदा उद्योग संघको गुनासो छ।यद्यपि, गत पुस पहिलो साता नेपालमा कोटाको आधारमा ५० हजार मेट्रिकटनसम्मको गहुँ निर्यात गने घोषणा गरेको थियो।भारत सरकारको वैदेशिक व्यापार महानिर्देशनालयले सन् २०२३ मार्च ३१ सम्ममा कोटामार्फत नेपालमा गहुँ निर्यात गर्न अनुमति दिएको बताउँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय आपूर्ति महाशाखाकी उपसचिव उर्मिला केसीले कोटाको गहुँ सिफारिस गरिसकेकाले ल्याउने क्रममा रहेको जानकारी दिइन्।

उपसचिव केसीका अनुसार कोटाबमोजिम गहुँ आयात गर्न २७ ओटा उद्योगमार्फत ३० हजार मेट्रिकटनको सिफारिस एक साता अघिमात्रै परराष्ट्र मन्त्रालयले सिफारिस गरेर पठाएको छ।

नेपाल मैदा उद्योग संघकै सिफारिसमा निवेदन परेकोे २७ ओटा उद्योगहरूले गहुँ आयात गर्ने भएका हुन्।कोटामध्ये अब २० हजार मेट्रिकटन गहुँ आयात गर्न बाँकी रहेको उनले जानकारी दिइन्।कोटामा भएको गहुँ सिफारिस गरेजतिले बजारमा पहिला जति भने पर्याप्त हुन नसक्ने तर भरथेक हुने उनको ठहर छ।‘यो कच्चापदार्थको लागि मात्रै उद्योगहरूलाई हो।गहुँमात्रै सिधै प्रयोग गर्नको लागि बजारमा समस्या छैन, पुग्छ।यद्यपि कोटामै हुने उद्योगले मैदाजन्य उत्पादन गर्न भरथेग हुन्छ,’ केसीले भनिन्।मैदा, आँटाको चरम अभाव भएको संघले ध्यानाकर्षण गराएको छ।

संघका अनुसार यो अभावले कसरी बजारमा पर्याप्त उपलब्ध गराउने भन्नेमा मैदा व्यवसायी चिन्तित छन्।तर अहिले प्राप्त ५० हजार मेट्रिकटन गहुँ सबै मैदा मिलले मिलिङ गर्न पाउँदा पनि २० दिनलाई पुग्ने र त्यसपछि फेरि हाहाकार मच्चिन सक्ने संघले जनाएको छ।नेपालमा गहुँको सिजन आउन अझ तीन महिना बाँकी रहेकाले स्वीकृत कोटाले उद्योगलाई नधान्ने भएकाले आयात खुलाउन सरकारको ध्यानाकर्षण गराएको छ।

प्रकाशित : शुक्रबार, माघ १३, २०७९०८:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

रवि लामिछानेले अब नागरिकता पाउन के गर्नुपर्छ, गार्हो छ कि छैन ?