देउवाले नै कांग्रेसको बैठक ‘बंक’ गरेपछि …

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । माघ १५ गते आइतबार दिउँसो १ बजे बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक अचानक स्थगित भएको हो । कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार विज्ञप्ति जारी गरेर दिएको जानकारीअनुसार विशेष कारणवस बैठक स्थगित गर्नुपरेको हो । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

अर्को सूचना प्रकाशित नभएसम्मका लागि समितिको बैठक स्थगित गरिएको उनले जानकारी दिए । तर, त्यो बिशेष कारण के थियो भन्ने केही उल्लेख गरिएको छैन । यद्यपि केन्द्रीय समितिको बैठकमा प्रतिवाद गर्ने गतिलो तयारी नभएकाले बैठक स्थागित भएको छ । संस्थापन इतरले भने त्यसलाई सभापति देउवाले बैठक ‘बंक’ गरेको भनेरसमेत आलोचना गरेका छन् ।

मंसिरमा सम्पन्न निर्वाचनपछि बैठक नै नबसी केही नजिकका आफन्तहरूको इशारामा निर्णय गरिएको आरोप पार्टी सभापति शेरबहादुर देउवामाथि लाग्दै आएको छ । निर्वाचनमा सँगै सहयात्रा गरेको माओवादीलाई साथ दिन नसक्दा यही नेतृत्वको गलत शैलीका कारण सत्ता गुम्न पुगेको आरोपसमेत सभापति देउवामाथि लाग्दै आएको छ । पार्टीको संसदीय दलको निर्वाचन गर्दा सभापतिको लोभका कारण सरकारमा नेतृत्व गर्ने अवसर गुमेको कांग्रेसको संस्थापन इतर पक्षले लगाउँदै आएको छ ।

४ मंसिरपछि सम्पन्न निर्वाचनपछि बैठक नै नबसी केही नजिकका आफन्तहरूको ईशारामा निर्णय गरिएको आरोप पार्टी सभापति शेरबहादुर देउवामाथि लाग्दै आएको छ । निर्वाचनमा सँगै सहयात्रा गरेको माओवादीलाई साथ दिन नसक्दा यही नेतृत्वको गलत शैलीका कारण सत्ता गुम्न पुगेको आरोपसमेत सभापति देउवामाथि लाग्दै आएको छ । पार्टीको संसदीय दलको निर्वाचन गर्दा सभापतिको लोभका कारण सरकारमा नेतृत्व गर्ने अवसर गुमेको कांग्रेसको संस्थापन इतर पक्षले लगाउँदै आएको छ ।

संसदीय दलको निर्वाचनपछि सो पार्टीको गगन–शेखर समूहले इतर पक्ष राम्ररी एकतावद्ध भएर अगाडि बढ्न नसकेका कारण पराजय भोग्नुपरेको भन्दै संगठित हुने प्रयास गरेका थिए ।

नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठकमा पार्टीको भूमिकाबारे प्रश्न उठेको छ । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बत्तिसपुलतीस्थित अनुपम फुडल्यान्डमा बसेको सो पार्टीको संस्थापन इतर समूहको भेला भएको थियो । संसद्मा पहिलो पार्टी बने पनि गठबन्धन टुट्नुको कारणबारे छलफल गरेको उनीहरूले बताएका छन् ।

बैठकपछि सो समूहका नेता मध्ये एक चन्द्र भण्डारीको भनाइ थियो, ‘स्थानीय र संघको निर्वाचनसम्म गएर कांग्रेस सबैभन्दा ठूलो पार्टी बने पनि त्यसलाई जोगाउन सकिएन । जनताले भरोसा गरेर नै गठबन्धनलाई मत दिए । तर, सरकार बन्ने बेलामा कि गठबन्धन टुट्यो । यो प्रश्न चारैतिर आएको छ ।

कमजोरी कहाँनिर भयो भन्ने ? भेलामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई किन विश्वासको मत दिएको भन्नेबारेमा पनि व्यापक छलफल भएको थियो ।

कांग्रेसले अचानक प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएपछि भने सो समूहभित्र त्यसको आलोचना भएको छ । देउवाले यस्तो निर्णय गरेर पार्टीलाई दोहोरो चरित्र भएको देखाउन खोजेको आरोप पनि असन्तुष्ट पक्षहरूले लगाएका थिए ।

राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै जाँदा सो पदमा दलहरूबीच तानातानको अवस्था देखिएको छ । सत्ता साझेदार दलबीच एमालेले सो पद पाउने मोटामोटी सहमति भएको बताइए पनि स्पष्ट चित्र नआउँदा अन्योलता कायम छ । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आउँदो फागुन २९ गते सकिँदै छ । संवैधानिक राष्ट्रपति भए पनि विभिन्न राजनीतिक परिघटनामा भूमिका निर्णायक हुने र विगतमा राष्ट्रपतिकै कारण सरकार अफ्ठ्यारोमा पर्ने गरेकाले यो पदलाई दलहरूले महत्व दिएका छन् । सोहीअनुसार दलहरू आफू अनुकूलको व्यक्तिलाई पदमा विराजमान गराउने ध्याउन्नमा देखिन्छन् ।

त्यसैले सभापति देउवाले आफूले प्रधानमन्त्रीमा विश्वासको मत दिएर राष्ट्रपति आफूतर्फ ल्याउन सकिन्छ कि भनेर यो खेल खेलेको अनुमान गरेका छन् । तर पार्टीको संस्थापन इतर पक्षले देउवाको यो चाललाई एक रति पनि पत्याएको छैन । त्यति सजिलै कांग्रेसका ढोक्सामा माछा पर्न नसक्ने भन्दै उनीहरूले यसको आलोचना गरेका छन् ।

प्रकाशित : शुक्रबार, माघ १३, २०७९०८:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

हट्यो होटल र रेस्टुरेन्टको सेवा शुल्क !