एकीकृत समाजवादीमा आउन वामदेव गौतमलाई माधव नेपालको निम्तो !

काठमाडौं, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले वामदेव गौतमलाई आफ्नो पार्टीमा आउन प्रस्ताव गरेका छन् । एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा मंगलबार भएको भेटमा अध्यक्ष नेपालले आफ्नो पार्टीमा आउन गौतमसँग आग्रह गरेका हुन् ।

अध्यक्ष नेपालको प्रस्तावलाई सकारात्मक रुपमा लिँदै चाँडै निर्णय गर्न गौतमले जवाफ दिएका छन् । भेटका क्रममा अध्यक्ष नेपालले गौतमलाई अध्ययनका लागि  एकीकृत समाजवादीका दस्तावेज प्रदान गरेका छन् ।

दस्तावेजको अध्ययनपछि मात्र एकीकृत समाववादीमा आउने या नआउने विषयमा गौतमले निर्णय लिने भएका छन् । सोे भेटमा एकीकृत समाजवादीका उपाध्यक्षद्वय प्रमेश हमाल र केशवलाल श्रेष्ठ, उपमहासचिवद्वय प्रकाश ज्वाला र गङ्गालाल तुलाधर पनि सहभागी थिए ।

प्रकाशित : मङ्गलबार, माघ १०, २०७९१७:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सुनको मूल्यले बनायो नयाँ रेकर्ड !