काठमाडौँ : – वैदिक ज्योतिष अनुसार सबै ९ ग्रहहरुको आ-आफ्नै स्वभाव र गुण हुन्छ, जसले ती अनुसार नै फल प्रदान गर्छन्। ज्योतिष शास्त्रमा शुक्र ग्रहलाई सुख, सम्पदा र ऐश्वर्यको कारक मानिन्छ। शुक्र ग्रहलाई वृष र तुला राशिको स्वामी मानिन्छ। जुन जातकको कुण्डलीमा शुक्र मजबूत भावमा बसेको हुन्छ, उनीहरुले जीवनमा सबै प्रकारका सुख, समृद्धि र सुख शान्ति प्राप्त गर्छन्। आज आइतबार माघ ८ गते शुक्र ग्रह राशि परिवर्तन गरी कुम्भ राशिमा प्रवेश गर्नेछ। शुक्र ग्रह आइतबार दिउँसो ४ बजेर १८ मिनेटमा आफ्नो मित्र शनिको राशि कुम्भमा प्रवेश गर्नेछ। कुम्भ राशिमा माघ ३ गतेदेखि शनि विराजमान छ। कुम्भ राशिमा शुक्र ग्रह फाल्गुन ३ गते बुधबारसम्म रहनेछ। त्यसपछि फाल्गुन ३ गते राति ८ बजेर २५ मिनेटमा मीन राशिमा गोचर गर्नेछ। कुम्भ राशिमा शुक्रको गोचरले केही राशिका लागि शुभ परिणाम प्रदान गर्नेछ भने केहीलाई भने अशुभ प्रभाव पार्नेछ। कुम्भ राशिमा शुक्रको गोचरले यी राशिलाई शुभ फल प्रदान गर्नेछ।
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

कुम्भ राशिमा शुक्रको गोचरका कारण मेष राशिका व्यक्तिहरुलाई व्यापार व्यवसायमा प्रगति हुने देखिन्छ। मेष राशिका व्यक्तिहरूले साझेदारीमा कुनै पनि व्यवसाय गरिरहेका छन् भने त्यस व्यवसायमा अवश्य लाभ मिल्नेछ। आर्थिक लाभका कारण जीवनमा धनको कमी नहुने र सुख-समृद्धिले भरिपूर्ण जीवन बिताउनुहुनेछ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

शुक्रको यो गोचरका कारण मिथुन राशिका व्यक्तिहरुको लागि कार्यक्षेत्रमा प्रगतिको सम्भावना रहेको छ। यो गोचरले तपाईको भाग्योदय गर्नेछ। तपाई जुन काममा हात हाल्नुहुन्छ त्यो काममा सफलता मिल्नेछ। यस बाहेक आध्यात्मिक कार्यहरूमा तपाईंको झुकाव बढ्नेछ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

कुम्भ राशिमा शुक्र गोचरको प्रभावले सिंह राशिका व्यक्तिहरूको प्रेम जीवनमा मधुरता बढ्नेछ। उनीहरुको सम्बन्धमा थप मजबूत आउनेछ। यसबाहेक अहिलेसम्म अविवाहित रहेकाहरुले छिट्टै जीवनसाथी पाउनेछन्। यसका साथसाथै करियरको क्षेत्रमा प्रगति र नयाँ अवसरको सम्भावना रहेको छ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

शुक्रको यो गोचरले मकर राशिका लागि आर्थिक लाभ दिनेछ। मकर राशिका व्यक्तिहरूलाई अचानक आर्थिक लाभ मिल्नेछ। यसका साथै प्रेम सम्बन्धमा पनि सुधार आउनेछ। करियरको कुरा गर्दा नयाँ कामको अवसर मिल्ने सम्भावना छ। यस गोचर अवधिमा आयमा वृद्धि हुने सम्भावना छ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

कुम्भ राशिमै शुक्रको गोचर हुँदैछ। यहीँ कारण कुम्भ राशिका जातकले धरै शुभ फल प्राप्त गर्नेछन्। कुम्भ राशिका जातकले भाग्यको साथ पाउनेछन् र नयाँ अवसर पनि प्राप्त गर्नेछन्। सोचेर कतै लगानी गर्नुभयो भने भविष्यमा आर्थिक लाभ मिल्नेछ। कार्यस्थलमा तपाईको कामको प्रशंसा हुनेछ।
