कर्कट र वृश्चिकसहित यी ५ राशिलाई आज औँसीको दिन महत्वपूर्ण, यी उपायले चम्किनेछ भाग्य

काठमाडौँ : – आज माघ कृष्णपक्षको औँसी तिथि हो। शनिबार पर्ने औँसीलाई शनिश्चरी औँसी या शनिश्चरी अमावस्या भनिन्छ। धार्मिक मान्यता अनुसार शनिबारको दिन शनिदेवलाई समर्पित हुन्छ। यस दिन विधि-विधान अनुसार शनिदेवको पूजा गर्नाले शनिदेवको विशेष आशीर्वाद प्राप्त हुन्छ। यतिबेला कुम्भ, मकर, मीन राशिमा शनिको साढेसाती र कर्कट र वृश्चिक राशिमा शनिको ढैय्या चलिरहेको छ। शनिदेवको अशुभ प्रभावका कारण मानिसले जीवनमा धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ। कर्कट, वृश्चिक, कुम्भ, मकर र मीन राशिका व्यक्तिहरूले आजको दिन भगवान शनिदेवको विधि–विधान अनुसार पूजा–आराधना गर्नुपर्छ। जानौं शनिदेवको पूजा – विधि-

शनिदेवको पूजा विधि…

बिहान सबेरै उठेर स्नान गर्नुहोस्। स्नान गरेपछि घरको मन्दिरमा दियो बाल्नुहोस् । यस दिन शनिदेवलाई तेल चढाउनुहोस्। शनिदेवलाई फूल चढाउनुहोस्। शनिदेवलाई भोजन चढाउनुहोस्। शनिदेवको आरती गर्नुहोस्। शनि चालिसा पढ्नुहोस्। शनिदेवको मन्त्र जप गर्नुहोस्।

शनिदेवको आँखामा नहेर्नुहोस्

धार्मिक मान्यता अनुसार शनिदेवको आँखामा हेर्नु हुँदैन । शनिदेवको पूजा गर्दा सधैं आँखा झुकाउनुपर्छ। शनिदेवसँग आँखा जुधाउँदा शनिदेवको नराम्रो नजर तपाईमा पर्न सक्छ।

एकदम अगाडी नउभिनुहोस् 

शनिदेवको मूर्तिको अगाडि उभिएर पूजा गर्नु हुँदैन । शनिदेवको अगाडि उभिएर पूजा गर्दा अशुभ फल मिल्छ ।

प्रकाशित : शनिबार, माघ ०७, २०७९०९:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि शुक्रले गर्नेछ कुम्भ राशिमा प्रवेश, यी ५ राशि बन्नेछन् मालामाल