रविको ठाडो निर्देशन, एक्सनमा गृह !

काठमाडौं । गृह मन्त्रालयले नेकपा एमालेकी सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचारमार्फत निर्देशन दिएको छ । गृहले कोइरीलाई पक्राउ गर्न शुक्रबार निर्देशन दिएको हो ।

कर्तव्य ज्यान मुद्दामा फरार कोइरी महोत्तरी क्षेत्र १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । फरार प्रतिवादी संसद्मा उपस्थित भएको विषयमा प्रश्न उठेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले यसअघि पनि पटकपटक पक्राउ गर्न निर्देशन दिएका थिए । तर, कोइरी हालसम्म फरार छन् ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले शुक्रबार विज्ञप्ति जारी गर्दै ‘उपप्रधान तथा गृहमन्त्रीले पटकपटक दिएको मौखिक निर्देशन कार्यान्वयन नभएकोमा गम्भीर ध्यानाकर्षण भएको’ जनाएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘निज प्रतिवादीलाई कानुनबमोजिम पक्राउ गरी तत्काल कारबाही पक्रिया अगाडि बढाउन मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्रचार गरेको व्यहोरा अनुरोध छ ।’

कोइरीमाथि मधेस आन्दोलनका क्रममा घाइते भई अस्पताल लैजाँदै गरेका सई थमन थापालाई एम्बुलेन्सबाट थुतेर हत्या गरेको अभियोग छ ।

प्रकाशित : शनिबार, माघ ०७, २०७९०९:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्जेन्टिनामा शक्तिशाली भूकम्प