अभिनेत्री तथा पूर्वमिस नेपाल इन्टरटेसनल सुबेक्षा खड्काले गरिन् प्रेमीसँग इन्गेजमेन्ट

काठमाडौँ : अभिनेत्री तथा पूर्वमिस नेपाल इन्टरटेसनल – २०१२ सुबेक्षा खड्काले इन्गेजमेन्ट गरेकी छन्। उनले प्रेमी आश्वासन जोशीसँग इन्गेजमेन्ट गरेकी हुन्।

बिहीबार काठमाडौंको एक होटलमा आयोजित समारोहमा दुवै पक्षका परिवार तथा साथीभाईका उपस्थितिमा यी दुईले टिकाटालो गरेका हुन्।

इन्गेजमेन्ट समारोहमा दुवै पक्षका परिवार तथा आफन्तजनसहित केही सेलिब्रेटीको पनि उपस्थिति थियो। समारोहमा पूर्वमिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठ, पूर्वमिस नेपाल अश्मी श्रेष्ठ, अभिनेत्री सन्ध्या केसी, पराक्रम राना लगायत सहभागी थिए।

गत महिना आश्वासनले चितवनको एक भेटघाटमा सुबेक्षालाई विवाह प्रस्ताव राख्दै औँठी लगाईदिएका थिए। नेपाली सञ्चारमाध्यमहरुका अनुसार सुबेक्षा र आश्वासन विगत दुई वर्षयता प्रेम सम्बन्धमा थिए। मिडिया रिपोर्ट्स अनुसार उनीहरु यहीँ वर्ष वैवाहिक बन्धनमा बाँधिने तयारीमा छन्।

सुबेक्षाले ‘रणवीर’ फिल्मबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन्। तर फिल्मले सोचेजस्तो कमाई गर्न सकेन। उनले कान्तिपुर टेलिभिजनमा भिडियो जक्कीका रूपमा लामो समय काम गरेकी छिन्। उनको आउँदो फिल्म ‘प्रेमा’ चैत ४ गते प्रदर्शन हुने तयारीमा छ।

प्रकाशित : शुक्रबार, माघ ०६, २०७९१४:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बौद्धिक र खुला हृदयका थिए सुशान्त, डराउँथे मृत्युसँग !