काठमाडौँ : हिन्दू धर्ममा माङ्गलिक कार्यको लागि सबैभन्दा पहिले शुभ मुहूर्त र तिथिमा ध्यान दिईन्छ। गत पुष १ गते शुक्रबार(१६ डिसेम्बर सन् २०२२) को दिन खरमासको सुरुवात भएको थियो। सूर्य धनु राशिमा प्रवेश गरेसँगै खरमास सुरु भएको थियो। खरमास सुरु हुने बित्तिकै सबै शुभ कार्यमा रोक लगाइन्छ। तर अब पुष ३० गते शनिबार(१७ जनवरी) बाट खरमास समाप्त भएको छ। र सूर्यदेव धनु राशिबाट मकर राशिमा गोचर गरेसँगै अब धेरै राशिका सुखद् दिन सुरु हुनेछ। आउनुहोस्, जानौं कुन-कुन राशिलाई हुनेछ त लाभ।
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

मेष राशिका जातकको लागि यो समय लगानीका लागि शुभ रहनेछ। यो समय तपाईले भाग्यको पूरा साथ पाउनुहुनेछ। तपाई अरुलाई प्रभावित पार्न सफल हुनुहुनेछ। सन्तानबाट सुख प्राप्त हुनेछ। साथै धनलाभ पनि राम्रो रहनेछ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

मिथुन राशिका जातक यस समयावधिमा उर्जाले भरिपूर्ण रहनेछन्। यसले तपाईको काममा राम्रो प्रभाव पार्नेछ। तपाई आफ्नो हास्यविनोदले अरुलाई प्रभावित पार्न सफल बन्नुहुनेछ। दाम्पत्य जीवन राम्रो रहनेछ। परीक्षामा राम्रो प्रदर्शन गर्नुहुनेछ र आफ्नो मेहनतको राम्रो नतिजा हासिल गर्नुहुनेछ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

धनु राशिका लागि यो समय राम्रो रहनेछ। तपाईको कामबाट सहकर्मी निकै प्रभावित हुनेछन्। यस अवधिमा पदोन्नति पनि हासिल हुन् सक्छ। सरकारी नीतिबाट पनि लाभ मिल्ने सम्भावना छ। व्यापारको क्षेत्रमा लागेकाहरूका लागि यो समय अनुकूल रहनेछ किनकी तपाईको रणनीति र प्रयासले राम्रो परिणाम ल्याउनेछ।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

यस राशिका व्यावसायीहरुले आफ्नो पेशा वा व्यवसायमा प्रसिद्धि कमाउने सम्भावना रहेको छ। तपाईका सबै प्रयासहरुमा परिवार र साथीभाईहरुको सहायत मिल्नेछ। जागिर खोजिरहेका वा जागिर परिवर्तन गर्ने योजनामा रहेकाहरूका लागि यो समय अनुकूल साबित हुनेछ। स्वास्थ्यका लागि यो समय राम्रो रहनेछ ।
