माघ महिनाको राशिफल : यो महिना यी ६ राशिका भाग्य रहनेछ बलवान, मिल्नेछ मनोवाञ्छित लाभ

२०७९ साल माघ महिनाको राशिफल

ज्योतिषाचार्य हरिप्रसाद पौडेल

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

सफलताको महिना रहेको छ । सोचेका यो जना क्रमशः बन्दै जानेछन्। कार्यक्षेत्रमा प्रगति भएर जाला। मानसिक प्रसन्नताका साथै शारीरिक आरोग्यता अनुकूल रहला। प्रतिस्पर्धामा सफलता हात पर्ने देखिन्छ। कर्मचारी वर्गका लागि पदोन्नतिको सम्भावना छ। दाम्पत्य सम्बन्धमा मधुरता आउने छ। सामान्य अस्वस्थताको सम्भावना देखिएकाले खानपानमा विचार पु¥याउनुपर्ला । पठनपाठनमा सामान्य बाधाअड्चन आइपर्ने छन् । महिनाको उत्तरार्धमा बाधाअड्चन क्रमशः हटेर जानेछन् । आर्थिक पक्षका कामबाट महìवपूर्ण सफलता मिल्ने छ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

घर परिवारमा माङ्गलिक कार्यको आयोजना हुने देखिन्छ। आकस्मिक यात्रा एवं स्थान परिवर्तनको सम्भावना छ। कार्यव्यस्तता बढेर जाला। धैर्यता एवं मनोबल बढेर जानाले आँटेका काम बन्ने, प्रतिस्पर्धामा सफलतासमेत मिल्ने ग्रहयोग रहेको छ। युवावर्गका लागि मनोरञ्जनका साथै रमाइलो ठाउँको भ्रमणको अवसर मिल्ने छ। अध्ययन अध्यापनका साथै धार्मिक एवं सामाजिक क्षेत्रका कार्यमा समेत अभिरुचि लाग्नेछ। महिनाको अन्त्यमा आफन्त एवं प्रियजनसँगको भेटघाटले मन रमाउने छ।

मिथुन राशि  – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

व्यर्थको काममा दौडधुप केही बढी नै पर्न जाने देखिन्छ। स्वास्थ्यमा सामान्य समस्या आइपर्नेछ । शारीरिक परिश्रमका साथै मानसिक तापसमेत बढेर जाने योग छ। लेनदेनसम्बन्धी कारोबारमा सतर्कता अपनाउनुपर्ने छ। परिवारको चिन्ताले केही सताउने छ भने घरायसी खर्चको मात्रा बढेर जाने छ । सामान्य विवादको योग रहेकाले बोलीचालीमा विचार पु¥याउनुपर्ने छ। स्थान परिवर्तन एवं आकस्मिक यात्राको सम्भावना छ। महिनाको उत्तरार्धतिर मनोरञ्जन एवं धनागमका अवसर मिल्ने छन्।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

कार्यव्यस्तता बढेर जानाले बेफुर्सदी बनाउने छ। अनावश्यक दौडधुप केही बढी नै पर्नुका साथै घरायसी खर्चको मात्रा बढेर जानेछ। स्थान परिवर्तन एवं यात्रासम्बन्धी झमेला आइपर्नेछ। धार्मिक एवं सामाजिक कार्यमा अभिरुचि बढेर जाला। महिनाको उत्तरार्धमा मानसम्मान एवं पदप्रतिष्ठा समेत मिल्नेछ। सामान्य विवादको सम्भावना देखिएकाले बोलीचालीमा विचार पु¥याउनुपर्ला। पठनपाठनमा उच्च सफताको योग छ । परिवारमा धार्मिक एवं माङ्गलिक कार्यको आयोजना हुनेछ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नतासमेत अनुकूल रहने छ। मनोबल बढेर जानाले कार्यक्षमतामा समेत उल्लेख्य वृद्धि भएर जाने छ। प्रतिस्पर्धामा सफलताको योग छ। आफन्त एवं इष्टमित्रको सुख मिल्नेछ। आर्थिक पक्षका काममा राम्रै सफलता मिल्नेछ। महिनाको पूर्वार्धमा प्रियजनसँगको भेटघाटका साथै मनोरञ्जनका अवसर मिल्नेछन्। महिनाको उत्तरार्धमा अनावश्यक खर्च एवं कार्यव्यस्तता बढेर जानेछ। पठनपाठनमा अनावश्यक बाधाअड्चन आइपर्नेछन्।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

मध्यम सफलताको महिना रहेको छ। कार्यव्यस्तता केही बढेर जानेछ। शारीरिक आरोग्यता अनुकूल रहला। आँटेका काममा ढिलासुस्तीका साथै अनावश्यक बाधाअड्चन आइपर्ने देखिन्छ। पारिवारिक घरायसी खर्चको मात्रा केही बढेर जानेछ। सन्तानको चिन्ताले केही बढी नै सताउला। महिनाको उत्तरार्धमा आँटेका काम क्रमशः बन्दै जानुका साथै मनोरञ्जनका अवसर समेत मिल्नेछन्। सामाजिक एवं धार्मिक काममा अभिरुचि लाग्ने छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

कार्यव्यस्तता बढेर जाने छ। शारीरिक अस्वस्थताका साथै आलस्यसमेत बढेर जाला। मानसिक अस्थिरता एवं दुविधा बढेर जानेछन्। अध्ययन अध्यापनमा बाधाअड्चन आइपर्नेछन्। धार्मिक एवं माङ्गलिक काममा सहभागी हुुनुपर्नेछ। परिवारमा माङ्गलिक कार्यको आयोजना हुने सम्भावना छ। महिनाको उत्तरार्धमा मानसम्मान मिल्नुका साथै मनोरञ्जनका अवसर मिल्नेछन्।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

उच्च सफलताको महिना रहेको छ। शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नतासमेत अनुकूल रहनेछ। आत्मबल बढेर जानाले कार्यक्षमतामा समेत उल्लेख्य प्रगति भएर जानेछ। नयाँ आम्दानीका स्रोत भेटिनेछन्। प्रियजनसँगको भेटघाटले मन रमाउने छ। धार्मिक एवं सामाजिक कार्यका साथै अध्ययन अध्यापनमा समेत गहिरो अभिरुचि लाग्ने छ। युवाका लागि प्रेम एवं मनोरञ्जनका अवसर मिल्नेछन्।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

मानसिक दुविधा एवं अस्थिरता बढेर जाला। लेनदेनसम्बन्धी कारोबारमा हानि–नोक्सानीको भावना रहेकाले सतर्कता अपनाउनुपर्नेछ। व्यर्थको विवादमा पर्नुका साथै अनावश्यक खर्चको मात्रा बढेर जानेछ। निकटतम व्यक्तिबाट विश्वासघातको सम्भावना छ। आँटेका काममा ढिलासुस्तीका साथै अनावश्यक बाधाअड्चन आइपर्नेछन्। महिनाको उत्तरार्धमा रोकिएका काम क्रमशः बन्दै जाने छन्। सामाजिक एवं माङ्गलिक कार्यमा समेत सहभागिता जनाउनुपर्ला।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

आकस्मिक यात्रा एवं स्थान परिवर्तनको सम्भावना छ। गर्न आँटेका काममा अनावश्यक बाधाअड्चन देखापर्नेछन्। सामान्य अस्वस्थताको सम्भावना रहेकाले खानपानमा विचार पु¥याउनुपर्ला। पारिवारिक खर्चको मात्रा बढेर जानेछ। ठूलो लगानी एवं लेनदेनसम्बन्धी कारोबार नगर्दा नै राम्रो होला। पठनपाठनमा आएका बाधाअड्चन क्रमशः हटेर जानेछन्। महिनाको उत्तरार्धमा रोकिएका काम बन्दै जानुका साथै मनोरञ्जनका अवसर मिल्ने छन्।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

सामान्य स्वास्थ्यसम्बन्धी समस्या देखापर्नेछ। आर्थिक पक्षका काममा सफलताको योग छ। पठनपाठनमा आएको अभिरुचि यथावत् रहनेछ। इष्टमित्रसँगको रमाइलो भेटघाटले मन रमाउने छ। आफन्त एवं साथीहरूको सहयोगले काम बन्ने छ। घर परिवारमा धार्मिक एवं माङ्गलिक कार्यको आयोजना हुने सम्भावना देखिन्छ। दाम्पत्य सम्बन्धमा मधुरताको आभास गराउला। महिनाको उत्तरार्धमा मनोरञ्जनका अवसर मिल्नेछन्।

मीन राशि  – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

 

आर्थिक पक्षका काममा सफलताको योग छ। शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नतासमेत अनुकूल रहनेछ। आकस्मिक यात्रा एवं स्थान परिवर्तनको सम्भावना छ। उच्च मनोबलका साथ कार्यक्षमतामा उल्लेख्य प्रगति भएर जाने छ। प्रतिस्पर्धामा सफलताको सम्भावना छ। कार्यव्यस्तता बढेर जानाले शारीरिक परिश्रम केही ज्यादा नै पर्ने देखिन्छ। नयाँ कामको सम्भावनाका साथै धनागमका अवसर मिल्नेछन्। धार्मिक एवं सामाजिक कार्यमा अभिरुचि लाग्ने छ।

प्रकाशित : शुक्रबार, माघ ०६, २०७९१२:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

साप्ताहिक राशिफल : यी ३ राशिलाई सप्रिएको छ यो हप्ता, मनग्यै धनलाभले बनाउनेछ मालामाल