यी ३ राशिलाई जीवनभर मिल्छ भगवान विष्णुको विशेष कृपा, जीवन नै हुनेछ सुखमय

भगवान विष्णु यस चराचर संसारको रक्षक हुनुहुन्छ। उनको कृपाले मानिसले आफ्नो जीवनको हरेक कठिनाइलाई सहजै पार गर्न सक्छ। हिन्दू धर्ममा बिहीबारको दिन भगवान विष्णुको पूजा गर्नु निकै लाभदायक मानिन्छ । भनिन्छ भगवान विष्णुले भक्तलाई आफ्नो विशेष आशीर्वाद दिनुहुन्छ। तर केही विशेष राशिहरू छन जसलाई भगवान विष्णु असीम आशीर्वाद हुन्छ।

ज्योतिष श्स्त्रमा कुल १२ राशिको वर्णन गरेको पाइन्छ। जसमध्ये तीन राशिमा विष्णुको कृपा सदैव रहन्छ। यी राशिका नाम यस प्रकार छन् । जसमा विष्णुको सधैं आफ्नो कृपाको छाया हुन्छ।

मेष राशि

मेष राशिका मानिसहरुमा भगवान विष्णुको विशेष कृपा रहन्छ। तपाईं आफ्नो कतै फसेको पैसा यस समयमा फिर्ता पाउन सक्नुहुन्छ। नयाँ व्यावसायमा लगानी गर्दा लाभ हुने प्रबल सम्भावना छ। राजनीति क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले समाजमा मान-सम्मान प्राप्त गर्नेछन्। प्रेम जीवन सुखद रहनेछ। परिवारका सदस्यहरुसंग खुसीसाथ समय बित्नेछ। धेरै लाभदायक अवसरहरू फेला पार्न सकिन्छ।

सिंह राशि

सिंह राशिका व्यक्तिहरूले भगवान विष्णुको कृपाले जीवनमा असिमित सुख प्राप्त गर्छन्। सरकारी क्षेत्रमा काम गर्नेहरुको बढुवाको सम्भावना छ। प्रभावशाली व्यक्तिहरूसँग सम्पर्कमा रहन सकिनेछ। धन आर्जनको राम्रो सम्भावना छ। मातापिताको सहयोग र आशिर्वाद प्राप्त हुनेछ। जीवनसाथीले केही शुभ समाचार दिन सक्नेछन्। घरका ठूला-ठूला व्यक्तिहरूको सल्लाह तपाईंको लागि लाभदायक साबित हुनेछ। तपाईंको प्रेम सम्बन्ध प्रगाढ हुनेछ।

मीन राशि

मीन राशिका मानिसहरूमा भगवान विष्णुको कृपा सधैं कायम रहनेछ। व्यापार व्यावसायमा आकस्मिक आर्थिक लाभको अवसर मिल्नेछ। कार्यस्थलमा मान सम्मान बढ्नेछ। करियरले नयाँ दिशा पाउन सक्छ। जागिर खाने व्यक्तिले उन्नतिको अवसर प्राप्त गर्नेछन्। प्रेम सम्बन्ध बलियो हुनेछ। पारिवारिक सुख शान्ति कायम रहनेछ।

प्रकाशित : बिहिबार, माघ ०५, २०७९१६:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सन् २०२३ मा गजलक्ष्मी राजयोगले मालामाल बनाउनेछ यी ३ राशिलाई