वर्षमान पुनको कलेजोले राम्रोसँग काम गर्न सकेन, गर्नुपर्ने भयो प्रत्यारोपण !

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षामान पुनको कलेजो प्रत्यारोपण गर्नुपर्ने चिकित्सकले सुझाव दिएका छन् । वंशाणुगत जन्डिस (कमलपित्त) का कारणले ग्रसित रहेका नेता पुनको पुस ३० गते पुनः स्वास्थ्यमा समस्या देखिएपछि ललितपुरस्थित सुमेरु अस्पताल भर्ना गरी उपचार भइरहेको छ ।

उनको उपचारमा संलग्न कलेजो तथा पेट रोग विशेषज्ञ डा युवराज शर्माले अहिले उनको स्वास्थ्य उपचार सुधार भए पनि दीर्घकालीन समस्या समाधानका लागि कलेजोको प्रत्यारोपण गर्नुपर्ने बताबताए । ‘जन्डिसका कारणले उहाँको कलेजो समस्या देखिएको छ, अरू वैकल्पिक उपचार गरेर कलेजोलाई ठीक पार्न सकिन्छ कि भनेर हामी लागेको छौँ’, उनले भने , ‘तर कलेजोको कमजोर स्थिति नै आइसकेको हुनाले प्रत्यारोपण गर्नु सबैभन्दा राम्रो हो, यसबारे हामीले उहाँको परिवारमा छलफलसमेत चलाइसकेका छाैं ।’

डा शर्माले कलेजो प्रत्यारोपण कहाँ र कसरी गर्ने भन्ने सम्बन्धमा बिरामीसँग छलफल गर्नेसमेत बताए । जन्डिसका कारणले स्वास्थ्यमा समस्या देखिएपछि गत मङ्सिरमा उपचारका लागि उनी चीन गएएका । उनको स्वास्थ्यमा सुधार आएपछि नेपाल फर्किएका थिए । पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’ भनिन्छ । चीनमा उपचार गर्नुभन्दा अगाडि गतवर्ष पनि रोगले च्यापेपछि उहाँको थाइल्यान्डमा उपचार गरिएको थियो ।

प्रकाशित : बिहिबार, माघ ०५, २०७९०८:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नेपाल र भारतको डम्पिङ साइट बन्दै महाकाली