कहिले देखि सुरु होला हिउँदे झरी ? यसो भन्छन् मौसमविद् !

काठमाडौं : माघ पहिलो साता, काठमाडौंको तापक्रम घटदो छ। र, पनि हिउँदे वर्षा हुन सकेको छैन। वर्षा नहुँदा मुलुकमा अत्यधिक प्रदूषण र सुक्खा बढेको छ। काठमाडौं उपत्यकामा प्रदूषणको मात्रा निकै बढेको विज्ञहरूको भनाइ छ। अर्को सातादेखि भने हिउँदे झरी पर्ने प्रवल सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन्।

मौसम पूर्वानुमानअनुसार पश्चिम नेपालमा सोमबारदेखि वर्षा सुरु हुनेछ। काठमाडौंमा मंगलबारदेखि वर्षा हुनेछ। काठमाडौंमा मंगलबारदेखि बिहीबारसम्म लगातार वर्षा हुने अनुमान गरिएको छ। यो समाचार अन्नपुर्णपोस्ट दैनिकमा प्रकाशित छ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार करिब साढे तीन महिनादेखि पानी पर्न सकेको छैन। जसका कारण उपत्यकामा प्रदूषणको मात्रा अध्यधिक बढेको छ। तर, सोमबारबाट पश्चिम नेपालमा र मंगलबारबाट काठमाडौंमा पानी पर्ने सम्भावना एकदमै धेरै छ।

पोखरेलका अनुसार दुईवटा विश्वव्यापी मौसम पूर्वानुमान मोडलले हिउँदे वर्षा हुने देखाएको हो। ‘युरोपियन मोडल (ईसीएमडब्लूएफ) र अमेरिकन मोडल (जीएफएस) बाट हेरिएको हो। दुवै विश्वव्यापी मोडल हुन’ पोखरेलले भने ‘यी मोडलहरू मौसम पूर्वानुमानमा विश्वासनीय मानिन्छ। तीन दिन लगातार पानी पर्ने देखिन्छ।’

यसपटक सुक्खा नै देखाएको छ। तर, धेरैले पानी पर्न ढिला भएको भन्दै आएका छन्। पोखरेलले हिउँदे वर्षा कुनै बेला पुसमा हुने भए पनि कहिले माघमा मात्र हुने बताए।

‘तर पछिल्लो समय हिउँदे वर्षा घट्दै गएको विभिन्न अध्ययनहरूले देखाएको छ। पछिल्लो १० वर्षको अवधिमा झन् उक्त क्रम बढेको छ।’ जल तथा मौसम विज्ञान विभागको जलवायु विश्लेषण शाखामा कार्यारत वरिष्ठ मौसमविद् इन्दिरा कँडेलका अनुसार विषेशगरी पश्चिम, कर्णालीको माथिल्लो भाग, सुदूरपश्चिमको सुक्खा क्षेत्रमा वर्षा घट्दै गएको देखिन्छ। ‘हिउँदे वर्षा समयमा नहुने समस्या पहिला पनि हुन्थ्यो तर पछिल्लो समय यो क्रम बढेको छ’, डा. कँडेलले भनिन्, ‘सन् २००५, २००६, र २००९ को हिउँद पनि सुक्खा थियो। २०२० पानी हिउँदे पानी धेरै थियो। तर, २०२१ र २०२२ मा थोरै पानी परेको थियो।’

प्रकाशित : बुधबार, माघ ०४, २०७९०९:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आमने-सामने हुँदै एमाले र कांग्रेस, यतो भए एमाले नभई कांग्रेसले मार्न सक्छ बाजी !