पति-पत्नी हरेक दिन गर्नुहोस् यस्ता कार्य, कहिल्यै आउने छैन सम्बन्धमा फाटो !

महान अर्थशास्त्री तथा कूटनीतिज्ञ आचार्य चाणक्यले दाम्पत्य जीवनलाई सुखी बनाउने अनेक उपाय बताएका छन्। यससँगै उनले आफ्नो नीतिमा महिला–पुरुषका सम्बन्धमा यस्ता धेरै कामको बारेमा भनेका छन्, जसलाई दिनहुँ गर्नाले पति–पत्नीबिच फाटो आउँदैन। यी कामहरू चाणक्य नीतिमा उल्लेख गरिएको छ, जसले गर्दा दाम्पत्य जीवन सुखमय रहन्छ। जान्नुहोस् चाणक्य नीतिमा उल्लेख गरिएको कुरा जसले पति-पत्नीको सम्बन्धलाई बलियो बनाउँछ।

श्रीमान श्रीमतीले एकअर्कालाई सम्मान गर्नुपर्छ

वैवाहिक जीवनलाई राम्रो बनाउन दुवैको बिचमा प्रेम हुनु र दुवैले एकअर्काको सम्मान गर्नु आवश्यक छ। चाणक्य नीतिमा भनिएको छ कि प्रेमको साथमा इज्जत भए सम्बन्ध सुन्दर हुन्छ। त्यसैले पति पत्नीले एकअर्कालाई सधैँ आदर र सम्मान गर्नुपर्छ।

कहिल्यै घमन्ड नगर्नुहोस्

आचार्य चाणक्यका अनुसार श्रीमान्–श्रीमती रथको दुई पांग्रा जस्तै हुन् र रथको दुई पाङ्ग्रा एकसाथ अगाडि बढ्दा सम्बन्ध पनि राम्रो हुन्छ। चाणक्य नीतिमा भनिएको छ कि पति पत्नीले कुनै पनि कुरामा घमन्ड गर्नु हुँदैन। सम्बन्धमा अहंकार देखाउनु भयो भने सम्बन्ध बिग्रन्छ।

पति र पत्नीको धैर्य गर्ने बानी

चाणक्य नीतिमा भनिएको छ कि कुनै पनि परिस्थितिमा संयम हुने व्यक्तिले सबैभन्दा खराब परिस्थितिको सामना गर्न पर्ने हुन सक्छ र कुनै पनि कठिनाइबाट बाहिर निस्कन सक्छ। सम्बन्धलाई सुमधुर बनाउनका लागि श्रीमान्–श्रीमतीले सधैँ धैर्यता राख्नुपर्छ।

सम्बन्धको गोप्य कुरा कसैसँग सेयर नगर्नुहोस्

आचार्य चाणक्यले भनेका छन् पति-पत्नीले आफ्नो गोप्य कुरा कसैलाई भन्नु हुँदैन। यसो गर्दा सम्बन्ध बिग्रन्छ, किनकि पति-पत्नीबिच हुने कुरा साझा गर्दा एक-अर्काको विश्वास टुट्छ। श्रीमान श्रीमती दुवैले यो कुरालाई ध्यानमा राख्नुपर्छ।

प्रकाशित : सोमबार, माघ ०२, २०७९१६:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस महिनाको अन्त्यसँगै अस्त हुनेछन् शनि देव, यी राशि रहनुहोस् सावधान !