एजेन्सी- ‘बिग बोस १३’ मा सहभागी भएपछि लगातार चर्चामा रहन सफल भारतीय गायिका तथा अभिनेत्री शहनाज गिल पछिल्लो समय सामाजिक सञ्जालमा निकै सक्रिय छिन्। उनी हरेक दिन नयाँ-नयाँ तस्बिर तथा भिडियो सार्वजनिक गर्ने गर्छिन्। यस पटक शहनाज पूरै बदलिएको अवस्थामा देखिएकी छिन्।
शहनाज गिल आफ्ना फ्यानहरूसँग जोडिन सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन्। यस्तो अवस्थामा उनी प्रायः आफ्ना क्यू:ट भिडियो र कार्य स्थलमा भएको झलक फ्यानसँग शेयर गर्छिन्। यस पटक पनि अभिनेत्रीले आफ्नो इन्स्टाग्राममा एउटा भिडियो पोस्ट गरेकी छिन्, जसमा उनको ह:-ट लुक देखेर फ्यानहरु अचम्मित भएका छन्।
अहिले शहनाजको यो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। उनको लुकलाई लिएर फ्यानहरुले कमेन्ट मार्फत उनको प्रशंसा गरेका छन्। अभिनेत्रीको यो भिडियोमा लाखौँ लाइक आएको छ।
शहनाज धेरै म्युजिक भिडियो र पञ्जाबी फिल्मा देखिएपछि शहनाज बलिउडमा पनि पाइला राख्ने तयारीमा छिन्। उनी छिट्टै सुपरस्टार सलमान खानको फिल्म ‘किसी का भाइ किसी जान’ मा देखिनेछिन्। अभिनेत्रीको यो फिल्मलाई लिएर उनका फ्यान मात्रै नभई फिल्म उद्योगका धेरै कलाकार पनि उत्साहित छन्।