हिजोबाट माघ महिना सुरु भएको छ। माघ महिनामा केही ठूला ग्रहहरुले राशि परिवर्तन हुनेछ। ग्रह-नक्षत्र परिवर्तनको कारण मानव जीवनमा प्रत्यक्ष प्रभाव पार्छ। ज्योतिष शास्त्रका अनुसार माघ महिना केही राशिलाई शुभ हुनेछ भने केही राशिलाई अशुभ हुनेछ। माघ महिनामा कुन-कुन राशिले शुभ या अशुभ परिणाम प्राप्त होला। पढ्नुहोस् मेष देखि मीन राशिसम्मको अवस्था….
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
महिनाको सुरुमा संयमित रहनुहोस्। अनावश्यक क्रोध र बहसबाट टाढा रहनुहोस्। मानसिक शान्ति कायम राख्ने प्रयास गर्नुहोस्। व्यवसायिक कार्यमा चाप बढ्नेछ। जीवनसाथीको स्वास्थ्यमा सुधार आउनेछ। व्यापार-व्यवसायमा सुधार हुनेछ। साथीभाइको सहयोग पनि मिल्न सक्छ। कारोबारको शिलशिलामा यात्राको अवसर जुर्न सक्छ। रहनसहन अव्यवस्थित हुन् सक्छ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
महिनाको प्रारम्भमा धैर्यतामा कमी आउन सक्छ। आफूलाई सम्हाल्नुहोला। कुराकानीमा सन्तुलित हुनुहोस्। आफ्नो स्वास्थ्यप्रति सचेत रहनुस्। खर्चमा वृद्धि हुनेछ। आमाको स्वास्थ्यको पनि ख्याल गर्नुहोला। दिनचर्या अव्यवस्थित हुनेछ। जीवन साथीको स्वास्थ्यमा सुधार आउनेछ। कार्यक्षेत्रमा सुधार हुनेछ। व्यापारमा कठिनाइ आउन सक्छ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
आत्मविश्वास बढ्नेछ। तर नकारात्मक सोचले दिमागमा प्रभाव पार्न सक्छ। स्वास्थ्यप्रति सचेत रहनुहोस्। मन अशान्त रहनेछ। धैर्यताको कमी हुनेछ। परिवारमा शान्ति कायम राख्ने प्रयास गर्नुहोस्। शैक्षिक कार्यमा कठिनाइ आउन सक्छ। कला वा संगीतप्रति झुकाव बढ्न सक्छ। कारोबारमा वृद्धि हुनेछ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
महिनाको प्रारम्भमा मन अशान्त रहनेछ। आत्मविश्वासमा कमी आउनेछ। आफ्नो स्वास्थ्यप्रति सचेत रहनुहोस्। शैक्षिक कार्यमा कठिनाई आउन सक्छ। सन्तान या पिताको स्वास्थ्यको ख्याल गर्नुहोस्। चिकित्सा खर्च बढ्न सक्छ। रहनसहन कष्टदायी हुन सक्छ। आमाको स्वास्थ्यमा सुधार आउनेछ। वाहन सुखमा वृद्धि हुन् सक्छ। व्यापारमा पनि सुधार आउनेछ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
आत्मविश्वासको कमी रहनेछ। मन अशान्त रहनेछ। अत्यधिक क्रोधबाट बच्नुहोस्। कुराकानीमा सन्तुलित हुनुहोस्। कुनै पनि सम्पत्ति आम्दानीको स्रोत बन्न सक्छ। तर आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोला। साथीभाइसँग पनि मेलमिलाप कायम राख्नुहोला। व्यापार व्यवसायमा पनि ध्यान दिनुहोला। व्यापार-व्यवसायमा कठिनाई आउन सक्छ। व्यवसायमा पनि बाबुको सहयोग मिल्नेछ। यात्रा बढ्न सक्छ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
महिनाको शुरुमा धेरै आत्मविश्वास बढ्नेछ। तर नकारात्मक सोचले पनि दिमागमा प्रभाव पार्न सक्छ। आत्मसंयम रहनुहोस्। आफ्नो भावनाहरुलाई काबूमा राख्नुहोस्। परिवारमा शान्ति कायम राख्ने प्रयास गर्नुहोस्। कुटुम्बबाट आर्थिक सहयोग प्राप्त हुन् सक्छ। कार्यक्षेत्रमा परिवर्तन आउन सक्छ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
महिनाको प्रारम्भमा मन अशान्त रहनेछ। मनमा निराशा र असन्तुष्टि आउन सक्छ। जीवनसाथीको स्वास्थ्यमा सुधार आउनेछ। कारोबार वृद्धिको लागि भागदौड बढ्न सक्छ। सम्पत्तिमा वृद्धि हुने सम्भावना पनि देखिन्छ। सम्पतिको मर्मत सम्भारमा पनि खर्च बढ्न सक्छ। मन विचलित हुन सक्छ। स्वास्थ्यमा सुधार आउनेछ। मन शान्त रहनेछ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
महिनाको प्रारम्भमा मनमा निराशाको भावना आउन सक्छ। नोकरीमा पदोन्नतिको अवसर मिल्न सक्छ। आत्मविश्वासमा कमी आउन सक्छ। कामको दायरा बढ्न सक्छ। मिहिनेत बढी हुनेछ। खर्च बढ्न सक्छ। बुवाको स्वास्थ्यको ख्याल गर्नुहोला। सवारी साधन मर्मत सम्भारमा पनि खर्च बढ्न सक्छ। व्यापारमा कठिनाइ आउन सक्छ। सतर्क रहनुहोस्।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
आत्मविश्वास बढ्नेछ। तर महिनाको प्रारम्भमा मन पनि खिन्न हुन सक्छ। मनमा नकारात्मक विचारबाट टाढा रहनुहोस्। परिवारका साथ धार्मिक स्थलको यात्रामा जान सकिनेछ। धैर्यता कम हुन सक्छ। व्यापारमा कठिनाइ आउन सक्छ। उपहारमा वस्त्र प्राप्त गर्न सक्नुहुन्छ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
आत्मविश्वास बढ्नेछ। मनमा नकारात्मकताको प्रभाव पनि पर्न सक्छ। आत्मसंयम रहनुहोस्। आफ्नो स्वास्थ्यप्रति सचेत रहनुहोस्। माताको स्वास्थ्यको ख्याल गर्नुहोस्। वाहन सुखमा वृद्धि हुन् सक्छ। साथीभाइबाट व्यापार प्रस्ताव प्राप्त गर्न सकिनेछ। कारोबारमा वृद्धि पनि हुनेछ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
आत्मविश्वासको कमी रहनेछ। मनमा नकारात्मक विचारको प्रभाव पनि पर्न सक्छ। मन अशान्त रहन सक्छ। क्रोधबाट टाढा रहनुहोस्। व्यापार व्यावसायमा अनावश्यक दौडधुप बढ्न सक्छ। नोकरीमा पदोन्नतिको अवसर मिल्नेछ। सवारी साधन पनि पाउन सकिन्छ। जीवनसाथीको स्वास्थ्यमा सुधार आउनेछ। व्यापारमा पनि सुधार आउनेछ ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
आत्मविश्वास बढ्नेछ। तर मन दुखी हुन सक्छ। धैर्यशीलतामा कमी हुन् सक्छ। परिवारको सहयोग मिल्नेछ। नोकरीमा पदोन्नतिको अवसर मिल्नेछ। यद्यपि वरिष्ठ अधिकारीहरुसँग सद्भाव कायम राख्नुहोस्। आफ्नो स्वास्थ्यप्रति सचेत रहनुहोस्। कार्यक्षेत्रमा बदलाव हुन् सक्छ। वाहन सुखमा कमी आउनेछ। विदेश यात्रा लाभप्रद रहनेछ।