माघे संक्रान्तिको दिन दान गर्न प्रचलन छ । यस दिन दान गर्दा शनिदेव प्रसन्न हुने जनविश्वास रहेको छ। जुन व्यक्तिलाई शनिदेवको आशीर्वाद हुन्छ त्यस्ता व्यक्तिको भाग्य बदल्न धेरै समय लाग्दैन। जसको साढे साती चलिरहेको छ, उसले विशेष गरी दान गर्नुपर्छ। यसो गर्नाले शनिदेव प्रसन्न हुनुहुनेछ। यस दिन गरिएको दानले जीवनमा सुख र समृद्धि ल्याउनेछ। यस पटक यो पर्व माघ १ गते मनाइँदै छ।
सूर्य माघ ०१ गते राति मकर राशिमा प्रवेश गर्नेछ। यस दिन सूर्योदयसँगै यो पर्व मनाइन्छ। यस दिन गंगा स्नानको पनि धेरै महत्त्व छ। भनिन्छ गंगामा स्नान गरेपछि घाटको किनारमा पुजारीलाई दान दिनुपर्छ।
संक्रान्तिको दिन कालो तिल, मस्को दाल, सखर, नयाँ चामल दान गर्दा शनिदेव प्रसन्न हुन्छन्। शनिको साडेसातीबाट पीडित व्यक्तिले कालो तिल दान गर्नुपर्छ। यसो गर्दा शनिदोष हट्छ। यस दिन तिल र सखरबाट बनेको वस्तु पनि दान गर्न सक्नुहुन्छ।
सखरको सम्बन्ध बृहस्पति ग्रहसँग
ज्योतिषशास्त्रमा सखार्लाई बृहस्पति ग्रहसँग पनि जोडिएको छ। यस पटक संक्रान्ति आइतबार परेको हुँदा जे भए पनि आइतबार सखर दान गर्नु शुभ मानिन्छ। सखर दान गर्नाले तपाईको कुण्डलीमा बृहस्पतिको स्थिति बलियो हुने विश्वास छ। गुरुको बलले जीवनमा सफलताको ढोका खुल्छ। जीवनमा सुख र समृद्धि प्राप्त हुन्छ।