माघे संक्रान्तिको दिन पक्का पनि गर्नुहोस् यस्ता उपाय, मिल्नेछ अनेक लाभ !

मकर संक्रान्ति सूर्यको पूजा गर्ने पर्व हो। यस दिन पवित्र नदीमा नुहाउने चलन रहेपनि यस दिन दान पनि गर्नुपर्छ। मकर संक्रान्तिको दिन न्यानो कपडा, कम्बल आदि पनि दान गर्नुपर्छ। मकर संक्रान्तिको दिन भगवान विष्णुको पूजा गरिन्छ। यसका साथसाथै यस दिन हनुमानजीको पूजा पनि गर्नुपर्छ। मकर संक्रान्तिको दिन गाईलाई हरियो तरकारी खुवाउनु शुभ मानिन्छ। यसले बुध ग्रहलाई बलियो बनाउँछ। यस दिन खिचडी प्रसाद वितरण गर्नुका साथै सुक्खा खिचडी सामग्री पनि दान गरिन्छ। मकर संक्रान्तिको दिन तिल वा सखर दान गर्नु शुभ मानिन्छ। यस दिन सखर र तिल दान गर्नाले गुरु ग्रहण र शनि बलवान हुने जनाइएको छ।

मकर संक्रान्तिमा बन्दै यी शुभ समय:-

ब्रह्म मुहूर्त – बिहान ०५:४२ देखि ०६:३६ सम्म

प्रातः सन्ध्या – बिहान ०६:११ देखि ०७:३० सम्म

अभिजित मुहूर्त – मध्यान्ह १२:२४ देखि ०१:०८ सम्म

विजय मुहूर्त – दिउसो ०२:३१ देखि ०३:१३ सम्म

गोधुली मुहुर्त – साँझ ०५:५८ देखि ०६:२५ सम्म

सायाह्न सन्ध्या – साँझ ०६:०१ देखि ०७:२२ सम्म

अमृत ​​काल – मध्यान्ह १२:४७ देखि ०२:२७ सम्म

प्रकाशित : बिहिबार, पुष २८, २०७९१६:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पुषको पूर्णिमाको दिन गर्नुहोस् यस्ता ३ अचुक उपाय, सूर्य जस्तो चम्किनेछ भाग्य !